२८ पुस २०८१ आइतबार
image/svg+xml

जलेर एकल महिलाको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब दुई लाख मूल्य बराबरको क्षति भएको छ। अचानक विद्युत भार कटौती भएर आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षामा कमी आउन दिन्न : एसपी सिग्देल

सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख सरुवा भएर आएकी छन्। प्रहरी प्रधान कार्यालयले एसपी रन्जु सिग्देललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारीमा सिन्धुलीमा सरुवा गरेसँगै सिन्धुलीमा पहिलो पटक महिला प्रहरी प्रमुख आएकी हुन्।

ग्रीसमा पहिलो महिला राष्ट्रपति

वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छन्। राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन्। ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ।

आजका महिला

दमन, शोषण गरेर जति दबाउन खोजे पनि त्यसविरुद्ध डटेर अगाडि बढिरहेका छन्, आजका महिला। यो नै आधुनिक महिलाको साहस हो।

अबुधाबी बस दुर्घटना : तीन नेपाली महिलाको मृत्यु

युएईमा कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ।

बन्ध्याकरण महिलाको बाध्यता !

आदर्श गाउँपालिकामा चलेको बन्ध्याकरण शिविरमा एक दम्पत्ती पुग्यो। स्वास्थ्यकर्मीहरुले ‘कसको गर्ने ?’ भनी प्रश्न सोध्दा महिला अग्रसर भईन्। पुरुष हच्किए!

श्रीमानले नुहाउन नमानेपछि...

बिहार महिला आयोगमा एउटा अचम्मको घटना पुगेको छ। जसबाट आयोगका सबै अचम्ममा परेका छन्। पटना राज्यको वैशाली जिल्लाकी एक महिला आफ्नो श्रीमानसँग यसकारण बस्न चाहदिनन् की उसले हरेक दिन नुहाउदैन र ब्रश पनि गर्दैन। यही व्यवहारका कारण मनिष रामलाई सुध्रनको लागी अदालतले दुई महिनाको समय दिन्छ। यदि मनिषले आफ्नो बानी सुधार्न असमर्थ छन् भने महिला आयोगले उनीविरुद्ध उचित कारबाही गर्नेछ।

हस्ताक्षरका लागि मात्रै महिला जनप्रतिनिधि

हरेक क्षेत्रमा सहभागिताका नाममा गणितीय प्रतिनिधित्व पु-याइएको भए पनि त्यसको सार्थक अभ्यास हुन नसक्दा संविधानले व्यवस्था गरेको र समावेशी सिद्धान्तको व्यावहारिक प्रयोगमा चुनौती देखिएको छ।

त्रियुगा नदीमा एक महिला मृत फेला

उयदपुरकी एक महिला नदी किनारमा मृत भेटिएकी छन्। त्रियुगा नगरपालिका १२ बोटेटोलकी ३३ वर्षीया सुन्तली बोटे त्रियुगा र बरुवा खोला किनारमा आइतबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ।

हस्ताक्षरका लागि मात्रै महिला जनप्रतिनिधि

निर्णय प्रक्रियामा डडेल्धुराका महिला तथा सीमान्तकृत वर्गको सहभागिता न्यून रहेको पाइएको छ। संविधानतः हरेक क्षेत्रमा हुने निर्णय प्रक्रिया र पद्धतिमा महिला तथा सीमान्तकृत समुदायको सार्थक सहभागिता अभिवृद्धि गर्नु आवश्यक हो। तर नेतृत्व तथा निर्णय प्रक्रियामा उनीहरूको सहभागिता पुग्न नसकेको गुनासो बढ्न थालेको छ।

न्यु डायमन्ड र पुलिस अन्तिम चारमा

आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघको सातौं अधिवेशनले रीता सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा नीरू रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, चौथो उपाध्यक्षमा हजुरी विष्ट, महासचिवमा सुनीता वैद्य श्रेष्ठ, सचिवमा बासन्ती प्रधान, कोषाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

'महिला अधिकारकर्मी नै असुरक्षित'

आइतीमाया तामाङ, खनीयाबास गाउँपालिकाका स्तरीय महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष हुन्। उनी महिलाको न्यायका लागि लड्दै आएकी छिन्।

न्यु डायमन्ड कपको तयारी पूरा

मंगलबारबाट आयोजना हुने तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्