८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

न्यु डायमन्ड कपको तयारी पूरा

काठमाडौं – मंगलबारबाट आयोजना हुने तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दियो। नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका संयोजक कुमार राईले जानकारी दिए।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित टप्स मावि पोखरा, पारामाउन्ट इङ्लिस स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने संयोजक कुमार राई बताए। ‘प्रतियोगितामा कुल ७ टोलीले सहभागिता जनाउँदै छन्,’ संयोजक राईले भने, ‘सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर््स क्लबमा हुनेछन्।’

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको पहिलो र दोस्रो दिन समान ४÷४ खेल हुनेछन्। तेस्रो दिन सेमिफाइनल र अन्तिम दिन फाइनल खेल हुनेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ पाउनेछ, जुन अघिल्लो वर्षभन्दा एक लाख रुपैयाँले बढी हो। यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौथोले ५१ हजार १ सय १ रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले २१ हजार १ सय रुपैयाँ पाउनेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई ७ हजार १ सय १ रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताका लागि होङ्गान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ। आयोजक क्लब र होङ्गान्जीबीच आइतबार नै एकवर्षे मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापछि होङ्गान्जीका नेपालका लागि कन्ट्री डिरेक्टर सोनाम वाङ्दी भुटियाले प्रतियोगिताका लागि यसअघि पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। मुख्य प्रायोजक रहेको होङ्गान्जीले पहिलो र दोस्रो हुने टिमको पुरस्कार प्रायोजन गर्नेछ। यस्तै मुक्तिनाथ विकास बैंकले तेस्रो र नीलगिरि युथ क्लबले चौंथो पुरस्कार प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगिताका लागि नेपाल भलिबल  संघले आइतबार नै पाँच थान बल र एक सेट नेट सहयोग गरेको छ। आयोजक न्यु डायमन्ड स्पोटर््स क्लबलाई संघका महासचिव जितेन्द्रबहादुर चन्दले खेलसामग्री प्रदान गरेका हुन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ पाउनेछ, जुन अघिल्लो वर्षभन्दा एक लाख रुपैयाँले बढी हो।

प्रकाशित: २१ पुस २०७६ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App