१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

पर्यटन क्षेत्रको दिर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक : मन्त्री भट्टराई

पर्यटन क्षेत्रको दिर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार काठमाडौंमा आयोजना गरेको प्रदेश समन्वय गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि १० वर्षे साझा रणनीति निर्माण गर्नुपर्ने बताएका हुन्।

कोरोना त्रास, पर्यटन प्रवर्द्धन कार्यक्रम अनिश्चित

नयाँ कोरोनाभाइरस संक्रमणको त्रासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरमा गरिने पर्यटन प्रवद्र्धन अनिश्चित बनेको छ। यहाँका व्यवसायीले यो बेला अन्तर्र्राष्ट्रिय सहरमा प्रवद्र्धनको तयारी गरे पनि भाइरस संक्रमणले अनिश्चित बनेको बताएका छन्।

दैनिक ३० जना आउने सिजनमा दुई जना मात्रै पर्यटक

अहिलेको सिजन नेपालमा विदेशी पर्यटक आउने समयको रुपमा लिईन्छ। अंग्रेजी महिनाको सेप्टेम्बरदेखि डिसेम्बर र त्यसपछिको मार्चदेखि मे महिनासम्मलाई पदमार्गमा पर्यटक आउने दोस्रो मूख्य सिजन मान्छिन्। तर यो पटक सिजन सुरु हुँदा पर्यटक भने ह्वातै घटेका छन्। विश्वरभर फैलिएको कोरोना भाईरसको असर र त्रासका कारण गोरखाको मनास्लु पदमार्ग सुनसान बनेको छ।

पर्यटन मजदूरको सुविधा कटौती नगर्न आग्रह

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन्।

‘पहिचानलाई पर्यटनसँग जोड्छौं’

माओवादी जनयुद्धका बेला विसं २०६९ वैशाख २५ गते यहाँको गाममा ठूलो भिडन्त भएको थियो। हाम्रो गाउँपालिकाबाट १८५ जना शहीद भएका छन्। जेलवाङ गाउँका मात्र ७३ जना शहीद बनेका थिए। हामी पर्यटन विकासका लागि डिपीआर बनाउँदैछौं।

भेडेटारबाट जिपलाइन सफल परीक्षण, शनिबारदेखि सुरु

पूर्वका पर्यटन व्यवसायीलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायिकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ।

पर्यटन पत्रकारिताबाट नागरिककर्मीसहित तीन पत्रकार पुरस्कृत

पूर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले पाँचथरका नागरिककर्मी गिरीराज बाँस्कोटासहित तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

चिनियाँ सामानको कृत्रिम अभाव, पर्यटन व्यवसाय प्रभावित

चीनमा देखिएको कोरोना भाइरसको असर रुपन्देहीको पर्यटनका साथै अन्य व्यवसायिक क्षेत्रमा पनि देखिएको छ। मंसिरबाट भाइरस देखिएको र विस्तारै व्यापार व्यवसायमा असर परेका कारण रुपन्देहीको समग्र पर्यटन व्यवसायसहित इलेक्ट्रीक र अन्य दैनिक उपयोग्य सामानहरुको अभाव हुन थालेको छ।

रवीन्द्र अधिकारीको स्मृतिमा ‘पर्यटन पुरस्कार’ घोषणा

सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।

मधानी महायज्ञले पर्यटन प्रवर्द्धन गर्ने

राष्ट्रपति विद्यादेवी भन्डारीले मधानी महायज्ञले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताएकी छिन्। रौतहटको मौलापुर नगरपालिका–५ पतौरामा आयोजित मधानी महायज्ञको उद्घाटनका क्रममा राष्ट्रपति भन्डारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सय पर्यटकीय गन्तव्यमध्ये एक पुरातात्विक महादेव पतौराको मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमले पर्यटन वर्षमा पर्यटक तान्न सहयोग गर्ने बताएकी हुन्।

मधानी महायज्ञले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मधानी महायज्ञले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने बताएकी छन्। रौतहटको मौलापुर नगरपालिका-५ पतौरामा आयोजित मधानी महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को सय पर्यटकीय गन्तव्यमध्ये एक पुरातात्विक महादेव पतौराको मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमले पर्यटन वर्षमा पर्यटक तान्न सहयोग गर्ने बताएकी हुन्।

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि ‘कैलाश मानसरोवर’ निर्माण सुरू

बाँकेको बैजनाथमा पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माणकार्य सुरु भएको छ। हिन्दूहरुको पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेको बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मकस्थल निर्माण प्रक्रिया सुरु गरेको हो।

बोर्ड गठन नहुँदा पूर्वाधार निर्माण ठप्प

मेचीका पहाडी ३ जिल्लामा पर्यटन पूर्वाधार निर्माणका काम गरिरहेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति पर्यटन वर्ष सन् २०२० चलिरहेकै बेला भूमिकाविहीन भएको छ।

पर्यटनमा आशा

केही सातादेखि तराई हुस्सुले ढाकिएको छ । बिहान–साँझ अत्यन्त चिसो । घरबाहिर निस्किन, कामकाजमा जान सर्वसाधारणलाई गाह्रो परिरहेको छ । तर, यहीबेला इलामलगायत पहाडी जिल्लाको मौसम यसरी खुलेको छ कि, असोज–कात्तिकजस्तै । डाँडाकाँडा खुलेका छन् । हिमाल टलक्क टल्किएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्