२१ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत् भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन्। बेनी नगरपालिकका मेयर सुरत केसीले म्याग्दीको वित्तीय क्षेत्रमा माछापुच्छ्रे बैंकको भूमिका महत्वपूर्ण रहेको बताए।

अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५, पुलाचौरमा शाखारहित बैंकिङ सेवाको सुरूआत गरेको छ।

सिटिजन्स बैंक र एपोलो बीच समझदारी

सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कर्णालीमा कृषि उत्पादन करिव दुई प्रतिशतले बढ्यो

अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशभर १.८१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना सार्वजनिक

नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंकको थप ३ शाखा सञ्चालनमा

सिटिजन्स बैंकले १७८, १७९ र १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरू सञ्चालनमा ल्याएको छ।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहीत बैंकिङ्ग सेवा

‘आवश्यकता अनुसारका स्थानमा सेवा केन्द्र स्थापना गरिरहेका छौं, ‘थप सेवा केन्द्रहरुका लागि समेत अनुरोध आइरहेको छ’

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौता भएको छ।

एक महिलाको लाखौं रकम लुट्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका–७ का २० वर्षीय जितेन्द्रप्रसाद साह र सोही ठाउँको २१ वर्षीय दिपेन्द मण्डल रहेको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरे जनाए। बिहीबार उनीहरुसँग प्रहरीले लुटिएको रुपैयाँ र प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको हो।

‘नबिल सामाजिक उद्यमशिलता’ दोस्रो ब्याचका लागि आवेदन खुल्ला

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ।

सानिमा बैंक र प्रहरी अस्पतालबीच सम्झौता

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार सिद्धार्थ बैंकलाई

सिद्धार्थ बैंक बैंकिंङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ।

सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरु

गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर केवाइसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्