८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्स बैंकको थप ३ शाखा सञ्चालनमा

सिटिजन्स बैंकले १७८, १७९ र १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरू सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३५ वटा शाखाहरू र बाग्मती प्रदेशमा ४९ वटा शाखाहरू सञ्चालनमा रहेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गरे। उनले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्न तथा साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको बताए।

बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकसम्म २ अर्ब २५ करोड रूपैयाँ खुद नाफा गरेको तथा १ खर्ब ५५ अर्ब रूपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७९ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App