२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सर्वोच्चको पत्र पर्खंदै राष्ट्र बैंक

व्यवसायी अजयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्र आएपछि आवश्यक प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंककाे साधारण सभा सम्पन्न

ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

हिमालयन बैंक लिमिटेडले ल्यायो अत्याधुनिक डेबिड कार्ड

हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त डेबिड कार्डको सेवा प्रदान गरेको छ। विदेशमा पनि प्रयोग गर्न मिल्ने उक्त डेबिड कार्डमा थप सुरक्षित चिप र पिनको प्रयोग गरिएको बैंकले जनाएको छ।

प्रभु बैंककाे मास्टरकार्ड सेवा सुरु

प्रभु बैंक लिमिटेडले पीबीएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ। बैंकले नयाँ वर्षको अवसरमा मास्टरकार्ड सञ्चालनमा ल्याएको हो।

नेपालसँग भएका भारु साट्ने बारे अझै प्रगती भएन

नेपालमा रहेका भारतीय मुद्रा सटही बारे अझै पनि कुनै प्रगति नभएको भारतीय विदेश मन्त्रालयले स्पष्टोक्ती दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रभिश कुमारले शुक्रवार गरेको साप्ताहिक मिडिया ब्रिफिङमा यस विषयमा नेपालसँग सम्पर्कमा रहेको मात्र बताए।

सुमार्गीको सम्पत्ति शंकास्पद, बैंकबाट निकालेको रकम फिर्ता गर्न आदेश (आदेश पत्रसहित)

सर्वोच्च अदालतले अजयराज सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश दिएको छ। सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै सर्वोच्चले झिकेको रकम बैंकमा फिर्ता गर्न आदेश दिएको हो।

छोरी जन्मिए ५ हजार नगदसहितको बैंक खाता उपहार

इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ।

५१ अर्ब ५० करोड नयाँ नोट आउँदै

नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ। गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी उसले गरेको छ।

नेपालकाे पाँच अर्बको कार्बन व्यापार गर्ने याेजना

नेपालले पहिलोपटक विश्व बैंकसँग कार्बन व्यापार गर्ने तयारी गरेको छ। वनलाई दिगो र वैज्ञानिक व्यवस्थापन र संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै नेपालले आगामी ५ वर्षमा करिब पाँच अर्ब रुपैयाँ भित्र्याउने लक्ष्य लिएको हो।

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंकको आइतवार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।

स्वास्थ्य शिविरका लागि मेगा बैंककाे सहयाेग

मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ। नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो।

शिक्षकको तलब बैंक खातामा

सोलुदूधकुण्ड नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ। यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकैै खातामा जम्मा गर्न सुरु गरेको लेखा अधिकृत योग्यप्रसाद राईले बताए।

नयाँ पुस्तामा उपस्थिती बढाउन वाणिज्य बैंकले शृंखलालाई बनायो ब्राण्ड एम्बास्डर

राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल २०१८ शृंखला खतिवडालाई बुधबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ। राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन्।

आइएमई डिजिटल र जनता बैंक नेपालबीच सम्झाैता

आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

शृंखला वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल शृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ। बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्