काठमाडाैं - हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त डेबिड कार्डको सेवा प्रदान गरेको छ। विदेशमा पनि प्रयोग गर्न मिल्ने उक्त डेबिड कार्डमा थप सुरक्षित चिप र पिनको प्रयोग गरिएको बैंकले जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै बैंकले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुरा, पब लगायत अन्य पसलहरु) २०% सम्म छुट पाउने जनाएको छ। बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड नि:शुल्क वितरण गर्ने समेत जानकारी गराएको छ।
बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख श्री पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषणा गरेका हुन्।
प्रकाशित: २७ पुस २०७५ ११:१९ शुक्रबार