२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यता

जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ। दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय गरेको  जसपाले जनाएको छ।

समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय संगठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव एलान्सको नयाँ सदस्य पार्टी बन्न सफल भएको छ।

विश्वका १९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको पार्टीले जानकारी दिएको छ।

सबै महादेशबाट प्रोग्रेसिव एलाइन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए।

प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय,मानवअधिकारको सुनिश्चितता, लैङ्गिक विभेद, सामाजिक–आर्थिक तथा जातीय विभेद,असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ उक्त सम्मेलन सम्पन्न भएको छ।

प्रकाशित: २१ आश्विन २०८१ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App