२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार सिद्धार्थ बैंकलाई

सिद्धार्थ बैंक बैंकिंङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकलाई यो सम्मान गरेको हो। बैंकको वित्तीय पार दर्शिता, जवाफदेही र सुशासन उत्कृष्ट देखिएपछि अवार्ड प्रदान गरिएको हो।

गत शुक्रबार आयोजित कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई अवाड प्रदान गरेका थिए। अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कँडेलले बताए।

यस्तै साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत यो प्रतिवेदन प्रतिस्पर्धामा पठाइने छ। सिद्धार्थ बैंकका देशभर १ सय ९० (४ एक्स्टेन्सन काउन्टरसहित) शाखा छन्। यसले १ सय १७ शाखारहित बैंकिङ सेवा र २ हजारभन्दा बढी पिओएस् मेसिनमार्फत सेवा दिंदै आएको छ।

प्रकाशित: ११ श्रावण २०७९ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App