१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्।

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

भारतबाट फर्केका मध्ये अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखा पर्न थालेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ।

एक दर्जन सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन। सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्।

कोभिड–१९: कम्तीमा ६ महिना पुनः संक्रमण सम्भावना न्यून

कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ। कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ।

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ।

लुकिछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा

औपचारिक रुपमा सीमानाका बन्द भए पनि सीमापारिबाट भारतीयको लुकीछिपी प्रवेश रोकिएको छैन। यसरी आउनेमा अधिकांश सीमावर्ती बिहार राज्यका मानिस छन्। उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो। बिहारमा अहिले एक लाख ६९ हजार कोरोना संक्रमित छन्।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी उच्च जोखिममा, भत्ता नपाउँदा मनोबल घट्दै

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सबैभन्दा बढी जोखिममा परेका छन्। अग्रभागमा खटिएर बिरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूमा संक्रमण बढ्दो छ।

अब ३ दिन बाढीको ‘उच्च जोखिम’ छैन : बाढी पूर्वानुमान महाशाखा

महाशाखाले बुधबार बिहान जारी गरेको शनिबारसम्मको ‘बाढी पूर्वानुमान बुलेटिन’ मा कतै रातो रङ लगाइएको छैन । रातो रङले बाढीको उच्च जोखिम जनाउँछ भने पहेंलो रङले मध्यम जोखिम बुझाउँछ ।

आठ स्थानीय तह पहिराेको उच्च जोखिममा

देशभर बाढी र पहिराको घटनाले धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिराेको उच्च जोखिममा रहेको देखिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आठ वटा स्थानीय तह पहिराेको उच्च जोखिममा रहेका छन्।

भोंजेगाउँका ११ घर पहिराेको उच्च जोखिममा

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन्। बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।

झोलुङ्गे पुलमाथि नदी बग्न थालेपछि आवतजावतमा समस्या

अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए।

तीन घर विस्थापितः १७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्