पर्यटन क्षेत्रमा ओमिक्रोन ‘थ्रेट’
पछिल्लो समय संक्रमण कमजोर हुँदै जाँदा विदेशी पर्यटकको आगमन बढ्न थालेको र त्यसैमा आन्तरिक पर्यटकको आउजाउको भरमा व्यवसाय थेगिँदा व्यावसायी आशावादी दिए। तेश्रो मुलुकका विदेशी पनि भित्रिन थाल्दा पर्यटन व्यवसायीले सुधारको संकेत देखेका थिए। तर, पछिल्लो समय विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको र त्यसको संक्रमण तीव्र बनेको भन्दै पर्यटनमा असर पार्न सक्ने व्यवसायीको चिन्ता छ।