१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

पर्यटन मन्त्रीद्वारा पशुपती मन्दिरको निरीक्षण, संरक्षण र सरसफाइमा ध्यान दिन निर्देशन

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु,विश्वरुपा मन्दिर,मृगस्थली, शेल्षमान्तक वन, विभिन्न म्याथ मन्दिर, स्तूप, सत्तललगायत स्थलको हिँडेरै अवलोकन गरेको हो। सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन निर्देशन दिए।

पर्यटनमा सुधारः कोरोना संक्रमण सुरु भएपछिको चिनियाँको आगमन सबैभन्दा बढी

नेपालको पर्यटन क्षेत्रका लागि विदेशी पाहुनाको मुख्यमध्येको श्रोतबजार मानिएको चीनबाट पनि पाहुना भित्रिन थालेका छन्। यो जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट १५ सय ९३ जना चिनियाँ पर्यटक भित्रिएका छन्। जुलाई महिनामा भित्रिएको चिनियाँको यो आगमन कोरोना भाइरस संक्रमण सुरु भएपछिको सबैभन्दा ठुलो रहेको पर्यटन बोर्डले बताएको छ।

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो।

पर्यटनमन्त्रीलाई सर्वोच्चले बोलायो

सर्वोच्चले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन र मन्त्रालयका सचिवलाई सबै बेहोरा खुलाई लिखित जवाफ पेस गर्न बिहीबार आदेश गरेको हो।

नवनियुक्त मन्त्रीलाई सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएको छ।

'तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्ने प्रकृया तीव्र'

’तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिनेछ' उनले भने। लुम्बिनी अवलोकन भ्रमणपछि तिलौराकोट हुँदै धमनिया जोडी स्तुपामा पुगेको उनले संचारकर्मीहरुसँग सो कुरा बताएका हुन्।

गण्डकीको पर्यटन ऐन: विदेशीलाई डलरमै कारोबार अनिवार्य

गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐनले पर्यटन व्यवसायीलाई स्थापित नभई विस्थापित गर्ने भन्दै व्यवसायीले आपत्ति जनाएका छन्।

गण्डकीको पर्यटन ऐन: जे अप्ठ्याराे थियो, त्यसैलाई बाध्यकारी बनाइयो

गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐनले पर्यटन व्यवसायीलाइ स्थापित नभई बिस्थापित गर्ने भन्दै व्यवसायीले आपत्ति जनाएका छन। प्रदेशसभाको गत शुक्रबारको बैठकले यो ऐन पारित गरेको थियो। ऐनले व्यवसायलाई फस्टाउने भन्दा अझै अल्झनमा पार्न खोजेको व्यवसायीको गुनासो छ। व्यवस्थित गर्ने निहुँमा व्यवसायीलाई निर्चाेन खोजेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन।

फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्।

दोधारकाबीच पर्यटनमा नरोकिएको लगानी

पोखराको पर्यटन क्षेत्रमा अहिले पनि ठुलो आकारको लगानी भईरहेको छ। कोरोनाले त्रसित भएको अवस्थामा पनि पूर्वाधारमा भने लगानी थपिएको व्यवसायी बताउँछन्। अहिले लगानी भईरहेका अधिकांश संरचना भने कोरोना संक्रमण सुरु हुनु अघिकै हुन्। कोरोनाकालमै थपिएका संरचना निकै कमै छन। तर पुराना संरचनाले भने निरन्तरता र पूर्णता पाउँदैछन्।

हवाई क्षेत्रलाई उच्च प्राथमिकता

सरकारले केही दिनअघि ल्याएको पर्यटन पुनरूत्थान कार्य योजनामा सबैभन्दा धेरै प्राथमिकता हवाई क्षेत्रलाई दिएको छ।

भ्रमण दशक घोषणाको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै भ्रमण दशक तयारी गरिरहेको जानकारी गराएको छ।

अन्नपूर्ण आधारशिविरमा पर्यटनमन्त्रीको अन्तर्राष्ट्रिय सम्मेलन गरिने

पर्यटन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै चारमहिना भित्र अन्नपूर्ण आधारशिविर (एबिसी)मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ। महत्वपूर्ण र साहसिक पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण आधारशिविरमा यस्तो सम्मेलन आयोजना गर्न सके त्यसले साहसिक पर्यटन क्षेत्रमा लाभ पुग्ने व्यवसायीको धारणा छ।

सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण

सरकारले स्वदेशी तथा विदेशी नागरिकका लागि यो मौसममा २७ वटा हिमाल आरोहण गर्न स्वीकृति दिए पनि आरोहण भन्नु सगरमाथा मात्र हो भन्ने देखिएको छ। यो वर्ष हिमाल आरोहणमा आएका स्वदेशी विदेशी आरोहीको संख्या हेर्दा सगरमाथाबाहेक अन्य हिमालप्रति उनीहरूको खासै रुचि देखिदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्