२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

'तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्ने प्रकृया तीव्र'

लुम्बिनी विकास समितका टोलीसँगै प्राचीन कपिलवस्तुको धमनिया स्तुपको अवलोनन भ्रमण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनराम श्रेष्ठ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्ने प्रकृयालाई तीव्रता दिएको बताएका छन्।

तिलौराकोटको विकासकालागि गुरु योजना बनाइ अघि बढ्ने भन्दै उनले तिलौराकोट चाडै विश्व सम्पदा सूचीमा सूचीकृत हुने बताए। मन्त्रालयले जारी गरेको रिभाइभल योजनाको ७४ बुँदे घोषणा पत्रमा महत्वपूर्ण बुद्धस्थल तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्ने योजना अघि बढाएको बताए।

’तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिनेछ' उनले भने। लुम्बिनी अवलोकन भ्रमणपछि तिलौराकोट हुँदै धमनिया जोडी स्तुपामा पुगेको उनले संचारकर्मीहरुसँग सो कुरा बताएका  हुन्। आफ्नो जीवनकालमा तिलौराकोटको उत्तर ५ सय मिटर तर्फ रहेको धमनिया स्तुपमा पहिलो पटक पुगेको भन्दै उनले बुद्ध ट्रेलहरुको विकासमा मन्त्रालयले कुनै कसर नछाडने बताए।

उनले तिलौराकोटलाई बुद्ध प्रति आस्था राख्ने बुद्ध धर्मावलम्बीहरुको तीर्थस्थलका रुपमा विकास गरिने गरी कार्य अघि बढाइने बताए। ‘तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर राख्दैन’ उनले भने। यो पवित्र स्थललई घुम्न आउने पर्यटकका लागि आकषर्ण थप्ने गरी काम अघि बढाइएको उनले बताए।

‘संसारभरीका बुद्ध धर्मावलम्बीहरुले अवलोकन गर्ने गरी विकास गर्ने कुरा सोचेको छौ ’ उनले भने। उनले तिलौराकोटमा विगत १० वर्ष बढी सयमदेखि बेलायको दुर्हम विश्व विद्यालयसहितको टोलीले गरको उत्खनन र संरक्षणको काम राम्रो भएको भन्दै प्रशंसा गरे। ‘तिलौराकोटमा राम्रो काम भएको छ, यसलाई अझ व्यवस्थित बनाउन जरुरी छ’ उनले भने।

उनले तिलौराकोटमा पर्यटक आउने वातावरण सुज्ना गर्नु पर्ने बताए। मन्त्री श्रेष्ठले तिलौराकोटको पश्चिमीद्धार, उत्खनन भएका स्थलहरु, पूर्वीद्धार, निग्रोधराम कुदानको समेत अवलोनकन गरेका थिए। सो अवसरमा लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मैतेय  सदस्यसचिव सानुराजा शाक्य, पुरातत्व अधिकृत हिमाल उत्प्रतीले  बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्र उत्खननबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए।

बृहत्तर लुम्बिनी गुरु योजना अनुसार लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रका रूपमा विकास गर्ने सरकारको नीति छ। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपने सचिव शाक्यले बताए। भ्रमण कै क्रममा मन्त्री श्रेष्ठले तौलिहवास्थित तालेश्वरनाथ महादेव मन्दिरमा पुगेर पुजाआचा समेत गरेका थिए।

कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले तिलौराकोट गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल रहेको बताए। तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरूरी रहेको बताए।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजना अनुसार नै यहाँ विगत १० वर्षदेखि उत्खनन जारी छ। यस्तै जग्गा अधिग्रहणलाई समेत तीव्रता दिइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सरकारी योजना अनुसार तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र समते घोषणा गरी सकेको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए।

तिलौराकोट बुद्धका पिता राजा सुद्धोदनको राजप्रसाद  गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्त्वपूर्ण स्थल मानिन्छ। यस्तै धमनीया जोडी स्तुपमा राजा सुद्धोदन र मायादेबीको अस्तु धातु राखिएको स्तुप छ। भ्रमण टोलीमा लुम्बिनी विकास कोषका सदस्य सचिव सिद्धिचरण भट्टराई, परिषद सदस्य गोपीकृष्ण शर्मा, योजना अधिकृत सरोज भट्टराई लगायतको सहभागिता थियो।

प्रकाशित: १७ श्रावण २०७९ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App