१९ वैशाख २०८१ बुधबार
image/svg+xml

खुम्चिँदै पदमार्ग, अन्नपूर्ण फेरोको पदयात्रा २८ बाट ५ दिनमा झर्यो

अन्नपूर्ण फेरोको पदयात्रा पर्यटन क्षेत्रमा कहलिएको रुट हो। कुनैबेला विश्वकै उत्कृष्ट पदमार्गको सूँचीमा यो रुट अटाउँथ्यो। तर, अहिले भने गाडीको यात्राले फेरोको पदयात्रा अवधि घटेको छ। पदयात्रा अवधि मात्र नभई फेरोको पदयात्रामा जाने पर्यटक पनि घटाउँदै लगेकोमा व्यावसायीको चिन्ता छ।

अब दुर्गम रहेन म्याग्दीको कुइने

गाउँका अधिकांश युवा रोजगारको खोजीमा पलायन भएपछि गाउँमा रहेका बुढापाकाले आफ्नै घरको झ्यालबाट देखिने सडकमा मोटर गुड्न थालेपछि निकै उत्साहित देखिन्छन्।

जथाभावी खनिएका मोटरबाटोले पानीका मुहान संकटमा

पोखरा महानगरपालिका–२६ को ठुलोपँधेरोमा स्थानीय गृहिणीको भीडभाड। सिरान क्षेत्रमा मोटरबाटो खनिँदा यो पँधेरोको श्रोत कमजोर बनेको छ। तस्बिर सौजन्यः राजन सुवेदी

सडक आउने पक्का भएपछि रंगवासी दंग

त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका स्थानीयको वर्षौंदेखिको गाउँमा मोटरबाटो पु-याउने सपना पूरा हुने भएको छ।

डोल्पाको विकट गाउँ रंगमा पुग्दै मोटरबाटो, स्थानीयमा छाउदै खुसी

त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँका स्थानीयको वर्षौदेखिको गाउँमा मोटरवाटो पुर्याउने सपना पूरा हुने भएको छ। ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको सहयोगमा सेपीधारादेखि माथिल्लो रंग गाउँसम्मको १ एक किलोमिटर मोटरबाटो निर्माण कार्य सुरु गरिएपछि रंगेलीको लामो समयदेखिको मोटरवाटोको सपना पूरा हुने भएको हो।

अन्नपूर्ण फेरोको विकल्प सेभेन पास सर्किट

मोटरबाटो विस्तार भएसँगै छोटिँदै गएको अन्नपूर्ण फेरोको पदमार्गलाई विकल्प दिनेगरी नयाँ पदमार्ग प्रस्ताव गरिएको छ।

एबिसी पदमार्गमा मोटरबाटो विस्तारमा रोक

पदमार्गमा मोटर पुगेर विदेशी पर्यटकको पदयात्रा अवधि छोटिएको गुनासो आइरहँदास्थानीय र पदयात्री व्यवसायीले अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको माथिल्लो भेगमा आगामी ३० वर्षसम्म मोटरबाटो विस्तार गर्न नदिने सम्झौता गरेका छन्।

महिना दिनमै स्थानीयले गाउँमा मोटरबाटो पुर्याए

उदयपुर – कटारी नगरपालिका वडा नम्बर–१० को सोतासम्म जोड्ने मोटरबाटो शनिबारदेखि सञ्चालनमा आएको छ । १.६ किलोमिटर लामो उक्त सडकको स्थानीय जनताको नेतृत्वमा निर्माण कार्य थालेको एक महिनामा सञ्चानलमा आएको हो ।

मोटरबाटो हो कि बगर?

भक्तपुर, सूर्यविनायक नगरपालिकाको थुसाचाबाट ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा स्थानीय हैरान भएका छन्। भक्तपुरको जगाती–च्याम्हासिंह मुख्य सडकको करिब बीचबाट पूर्वस्थित ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा त्यस बाटोबाट हिँड्नुपर्ने यात्रु र स्थानीय हैरान भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्