३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अपराध

लागूऔषधसहित १३ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशको विभिन्न स्थानबाट १३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली र सुनसरीबाट तीन/तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक/एक जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ २१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App