पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरु प्रवेश गरेको विषयमा सरकारले यसमा आवश्यक कदम चाल्ने बताएको छ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने बताएका हुन्।
उनले भने, ‘परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरिनै रहेको छ। दुवै देशहरूमा टेबल टक गर्नुपर्छ भन्ने कुरामा दुवै पक्षले मानी नै सक्नुभएको छ। यसमा कूटनीतिक रूपमा डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुरा भई हाल्छ।’
यस्तै, उनले यो घटना प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा नभई वर्षौँदेखि सुस्तामा त्यस्तो समस्याहरू आउँदै गरेको बताए। उनले सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने र उनीहरुले वर्षौँदेखि, दशकौँदेखि त्यो भूमिलाई संरक्षण गर्दै आएका बताए।
प्रकाशित: २९ जेष्ठ २०८३ १६:२० शुक्रबार





