५ आश्विन २०८१ शनिबार
image/svg+xml

संसदमा देउवाको सम्बोधनः सरकारले झुटा कुरा गर्‍यो, खबरदारी गर्छाैं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्। सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए।

अस्पतालकै फार्मेसीमा छैनन् पर्याप्त औषधि

सरकारी अस्पताल आफ्नै फार्मेसी सञ्चानल गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार अहिले अधिकांश अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरिरहे पनि ती फार्मेसीमा आवश्यक औषधि भने उपलब्ध नरहेको पाइएको छ।

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

कांग्रेसको जवाफः ओलीजी ज्ञानेन्द्र पथलाई दौडेर उछिन्न नखोज्नुस्, लडिएला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल नगराई नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले  प्रि–बजेट विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै यसो नगरिए संसदको नै अवमूल्यन हुने निष्कर्ष निकालेको छ।

मितेरी सम्बन्धमा स्थानीय सरकार

एक महिनाअघि पाल्पाको रिब्दीकोट गाउँपालिकाको टोली जुम्लाको सिँजा गाउँपालिकामा पुग्यो। सिजाको इतिहास बुझ्न र सिजा सभ्यताको अवलोकन भ्रमणमा पुगेको टोली मित्तेरी सम्बन्धमा स्थापित हुन पुग्यो। अहिले मित्तेरी साईनो बमोजिम एक आपसमा समन्वय र सहकार्य चलिरहेको छ। सिँजा गाउँपालिकाका प्रवत्ता नबिन शर्माका अनुसार गाउँपालिका अध्यक्षसहित २६ जनाको टोली जुम्ला पुगेको थियो। टोली रारातालमा पुग्यो, सिजा क्षेत्रको इतिहासको बारेमा दख्खल राख्यो, “उनले भने,“दुई स्थानीय तहबीच मितेरी सम्बन्ध गाँसियो।

ओली सरकार विफल भयो : पौडेल

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसद्वारा रौतहटको राजपुर फरहदवामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको थियो। तर नेकपा सरकारले त्यसको विपरित भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिई मुलुकलाई भ्रष्टाचार एवं काण्डैकाण्डको देश बनायो।’

सरकार गम्भीर भएन

महिना दिनयता काम छाडेर आन्दोलनमा उत्रिएका चिया श्रमिकले सरकारले आफ्ना मागप्रति चरम बेवास्ता गरेको गुनासो गरेका छन्। सरकारकै निर्णय कार्यान्वयनका लागि रोजीरोटी त्यागेर आन्दोलन गरे पनि सरकार गम्भीर नभएको श्रमिकको भनाइ छ।

नागरिकताका विषयमा सरकारविरुद्ध संयुक्त प्रदर्शन गरिने

नेकपा मालेका महासचिव सिपी मैनालीले वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर राष्ट्रियता, सिमाना , नागरिकतालगायतका विषयमा सरकारको ध्यानाकर्षण गर्नका लागि केही दिनमा नै संयुक्त विरोध प्रदर्शन गर्ने बताएका छन्।

समाजमै समर्पित

अचेल सरकारी जागिर खान मान्छे मरिहत्ते गर्छन्। उनी सरकारी जागिरे नै थिए। घर–परिवारमा खाना लगाउन गाह्रो थिएन। अन्ततः उनले सरकारी जागिर छाडे। आफ्नै घर फर्किए। त्यसपछि घरको जिम्मेवारीसँगै समाजसेवामा समर्पित भए।

शेखरको प्रश्न– सार्वजनिक सम्पत्तिमाथि लुट कहिलेसम्म?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बालुवाटार र टुँडिखेलको सार्वजनिक जग्गा मिच्ने जतिसुकै शक्तिशाली भए पनि तत्काल कारवाही गर्नुपर्ने माग गरेका छन्। नेता कोइरालाले एक विज्ञप्ति जारी गर्दै बालुवाटार र टुँडिखेल प्रकरणमा ठूलै नेता संलग्न भएको भए पनि कारवाही गर्नुपर्ने माग गरेका हुन्।

सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ।

बजेट बाहिरबाट २९ प्रतिशत खर्च

दातृ निकाय तथा विभिन्न मुलुकहरुले गत आर्थिक वर्ष नेपाललाई प्रदान गरेको कुल विकास सहायताको २९ प्रतिशत हिस्सा बजेटरी प्रणालीभन्दा बाहिरबाट खर्च गरेका छन्।

‘दिएजस्तो गरेर कर्णालीमा आर्थिक समृद्धि आउँदैन’

आर्थिक वर्ष ०७६/७७ को बजेट तयारी भइरहेको बेला कर्णाली प्रदेशलाई संघीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवाज उठेको छ।

सरकार असफल : मसाल महामन्त्री सिंह

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले सरकार आफ्नो काममा असफल भएको बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रण असफल भएको उनको टिप्पणी छ।

राजदूत कोइरालालाई सरकारले फिर्ता बोलायो

कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको छ । बिहिबार सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्