८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ससुरा हत्याको आरोप लागेकी बुहारी पूर्पक्षका लागि थुनामा

आफ्नै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ वर्षिया लक्ष्मी बोहरा पौडेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ। अदालतले शुक्रबार ५५ वर्षिय ससुरा धनराज पौडेलको हत्या गरेको आरोपमा लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

धरौटी तिर्न नसक्दा थुनामा

मालपोत कार्यालय पर्सामा उठेको रकम हिनामिनाको आरोपमा पक्राउ परेका कर्मचारी मदनप्रसाद गुप्ता विशेष अदालतले तोकेको धरौटी तिर्न नसक्दा थुनामा गएका छन्।

आलम पूर्पक्षका लागि थुनामा

राजपुर बम कान्डका अभियुक्त महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसपछि जिल्ला अदालत रौतहटका ४ नम्बर इजालसका न्यायाधीश दिपक ढकालले आलमलाई थुनामा राख्न आदेश दिएका हुन्।

चिनियाँ ह्याकरसहित ९ जना थुनामा

उच्च अदालत पाटनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्ने छजना चिनियाँ ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।

बुबाको हत्या आरोपी थुनामा

सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ।

अभियुक्तले जेलमै बसेर पनि बयान दिनसक्ने

केन्द्रीय कारागार जगन्नथा देवल सुन्धाराले पुर्पक्षका लागि थुनामा परेका थुनुवाको बयान र बकपत्र गराउन कारागारभित्रै भिडियो कन्फेरेन्स कक्ष सञ्चालनमा ल्याउने तयारी गरेको छ। थुनुवालाई बयान र बकपत्र गराउन अदालत लैजादा झन्झट हुने, अभियुक्त भाग्न सक्ने डर, अदालतमा हुने भिडभाडलाई दृष्टिगत गरी यस्तो व्यवस्थाको तयारी गरेको हो।

महरा पुर्पक्षका लागि थुनामा

पुर्पक्षका लागि थुना आदेश भएका अभियुक्तहरुमध्ये कृष्णबहादुर महरा अहिलेसम्मकै सबैभन्दा उच्चपदस्त व्यक्ति हुन्।

महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार अभियोगमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

महरालाई थप ७ दिन थुनामा राख्न अनुमति, अझै अस्पतालमै बास

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

ज्ञानेन्द्र शाही थुनामुक्त

शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण विमान ढिला उडेको भन्दै शाहीले जहाज भित्रै मन्त्रीविरुद्ध दुर्व्यवहार गरेका थिए।

थुनाबाट छुटाइदिन्छु भन्दै ठगी

थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

'धर्तीमाता' बताउने कुँवरलाई सात दिन थुनामा राख्न अनुमति

सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेपछि अनुसन्धानको लागि म्याद थप भएको छ।

ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। सिवाकोटी सहित अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको हो।

जसका कर्तुतले सबैलाई छक्क पार्‍यो

‘मसँग अब केही बाँकी छैन। जेलमा बस्नेबाहेक अर्को विकल्प नै छैन।’ अचेल प्रहरीसँग यस्तै भन्ने गर्छन् उनी। पछिल्लो समय प्रहरी हिरासतमा रहेका उनीसँग अहिले पछुतोशिवाय केही छैन। हुन त बुवाले दिएको एक सयका पाँच वटा नोट बोकेर ३०को दशकमा काठमाडौं छिरेका गोपाल शिवाकोटी ‘चिन्तन’ले जीवनको यो प्रहरमा आइपुगेर हिरासतको चिसो छिँडीमा दिन काट्नुपर्ला भनेर सम्भवत सोचेका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्