८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार अभियोगमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

अब महरालाई थुनामा राखेर थप अनुसन्धान गरिनेछ। महराको मुद्दामा आइतबार र सोमबार गरी दुइदिन सम्म थुनछेक बहस भएको थियो। आदेशसँगै महरालाई मुद्दाको टुंगो नलागेसम्म डिल्ली बजार कारागारमा राखिने छ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीले महराविरुद्ध शुक्रबार ५ देखि ७ वर्षसम्म सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो। 

प्रकाशित: १८ कार्तिक २०७६ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App