८ आश्विन २०८१ मंगलबार
image/svg+xml

वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार अदालतको आदेशपछि पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए।

बारा दुर्घटनाका चालक कुर्मी पुर्पक्षका लागि थुनामा

बारा जिल्ला अदालतले सोमबार जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण कुर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। इजलास नम्बर २ का न्यायाधीश प्रकाशचन्द्र अधिकारीको एकल इजलाले कुर्मीलाई थुनामा राखेर मुद्दाको कारवाही अघि बढाउन आदेश दिएको अदालतका स्रेस्तेदार कौशल ज्ञवालीले नागरिक न्युजलाई जानकारी दिए।

फैसला थाहा नपाएको ‘बहाना’ मा मनाङे जेलमुक्त

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गेलाइ सर्वाेच्च अदालतकाे आदेश बमाेजिम छाेडिएकाे हाे।

सीके राउतलाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई जिल्ला अदालत रौतहटले बिहीवार राज्य विरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठको एकल इजलासले  राउतलाई थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो।

हत्या आरोपी ५ जना पुर्पक्षका लागि थुनामा

एक महिना अघि शकास्पद मृत्यु भएकी लुम्बिनीकी तारा बरइको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका परिवारका ५ जनालाइ जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सर्वाेच्चकाे अादेशसँगै प्रवक्ता विश्वकर्मा रिहा

सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ। अदालतकाे अादेशसँगै विश्वकर्मा पुन: पक्राउ नपर्ने गरी मंगलबार साँझ रिहा भएका छन्।

प्रकाण्डलाई थुनामुक्त गर्न तेस्रोपटक आदेश

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ।

समीक्षा मृत्यु प्रकरण : बाबु, हजुरआमा र फुपु पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत रुपन्देहीले समीक्षा ठकुरीको हत्या अभियोग लागेका तीन जनालाई पुर्पक्षकालागि थुनामा पठाएको छ।

फुजेल काण्डका अभियुक्त छविलाल पौडेल पुर्पक्षका लागि थुनामा

गोरखाको फुजेलकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्चमा हाँजिर भएर मुद्दा पुर्वपक्षका लागि निवेदन दिएका छन्। अदालतमा हाँजिर भएका उनलाई डिल्लिबजार कारागार चलान गरिएको छ।

मरिच तस्करीको आरोपमा चार जना थुनामा

राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ। अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ।

मृगौला प्रत्यारोपण मुद्दामा बस्नेत थुनामा

भक्तपुर जिल्ला अदालतले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई लोभलालचमा पारी उनको मृगौला आफूमा प्रत्यारोपण गराएको अभियोगमा मुद्दा चलाइएका थर्कबहादुर बस्नेतलाई अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ।

मनोज पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

१७ किलो सुन ओसारपसारमा संलग्न तामाङ पुर्पक्षको लागि थुनामा

अवैध सुन ओसार पसारमा संलग्न रहेका कार्साङ दावा तामाङलाई जिल्ला अदालत रसुवाले पुर्पक्षका लागि थुनामा पठाएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय तामाङलाई रसुवा कारागार चलान गरिएको हो।

एसएसपी खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायधीश नारायण शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

सुन तस्करी प्रकरण : गोरे पुर्पक्षका लागि थुनामा

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्