९ आश्विन २०८१ बुधबार
image/svg+xml

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

युवती हत्या आरोपित युवा थुनामा

आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन्।

छोराले अन्तरजातीय विहे गर्दा बुवा थुनामा

छोराले अन्तरजातीय विहे गरेकै कारण बर्दियामा एक दलित परिवार प्रहरी थुनामा परेको छ। छोराले अन्तरजातीय विवाह गरेपछि ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले बढैयाताल गाउँपालिका ९ मुनालबस्तीका किष्णबहादुर सुनारलाई नियन्त्रणमा लिएर थुनामा राखेको हो।

गौचन हत्यामा ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं जिल्ला अदालतले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो।

मार्समेलो प्रकरणमा समातिएका सात जनालाई थुनामा राख्न अदालतको अनुमति

दरबारमार्गको  डेजाभू डिस्कोमा भएको तोडफोड घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका ७ जनालाई  प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

देवनारायण थुनामुक्त

एक सातादेखि भारतीय प्रहरीको थुनामा रहेका सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण यादव र उनका छोरा अजय शनिबार मुक्त भएका छन् । यादव बाबुछोरामाथि लगाइएको अपहरण तथा शरीरबन्धक मुद्दाउपर शुक्रबार सुनुवाइ सकिएपछि शनिबार अदालतबाट साधारण तारेखमा रिहा गर्ने जारी भएको हो ।

शर्मा थुनामुक्त

सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ गरिएका चूडामणि शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ।

सर्वोच्चद्वारा चुडामणि शर्मालाई थुना मुक्त गर्न आदेश

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सर्वोच्चको आदेमा थुनामुक्त भएका छन्। बन्दि प्रत्यक्षिकरणाको रिटमा सर्वोच्चको पूर्ण इजालशले शर्मालाई थुनामुक्त गर्न आदेश गरेको हो। उनी थुनामुक्त भए पनि उनी विरुद्धको सुनुवाई जारी रहने छ।

प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव

भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको छ ।

डिआइजी सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधिस सुशिला कार्कीको एकल इजलासले सोमबार सिलवाललाई निर्पध्वज निरौलाको रोहवरमा वरिष्ठ अधिवक्ता शम्भुको थापाको जमानीमा तत्काल थुनामुक्त गर्ने दिएको हो ।

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ।

विद्युत् प्राधिकरणका चार कर्मचारी पुर्पक्ष थुनामा

जिल्ला अदालत काठमाडौंले मिलेमतोमा मिटर उल्टो घुमाएर नेपाल विद्युत् प्राधिकरणलाई नोक्सानी पुर्‍याएको भन्दै चार कर्मचारी र एक व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

सुनकाण्डमा पक्राउ एसएसपी खत्री धरौटीमा रिहा, भन्सार कर्मचारी थुनामा

साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। साेही प्रकरणमा पक्राउ परेका मनोज श्रेष्ठ, सपन श्रेष्ठ, सुनिल श्रेष्ठ र राजेश शाक्यलाई जनही एक लाख रुपैयाँमा छोड्न अदालतले आदेश दिएको छ।

साझा बसमा आगो लगाउने थुनामा, प्रमाण जुटाउँदै प्रहरी

प्रहरीले साझा यातायातको बसमा शनिबार आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐनअनुसार कारबाही थालेको छ। महानगरीय प्रहरी वृत्त बालाजुले आगजनीको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटी सदस्य नुवाकोट हल्दई कालिका गाविसका रजमान तामाङलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्