९ आश्विन २०८१ बुधबार
image/svg+xml

हत्या आरोपमा ४ जनालाई थुनामा राख्न आदेश

स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

सुमो जलाएर चालक मार्ने थुनामा

जिल्लाको मझुवा १ निगालपानीमा गत मंसिर ९ गते भएको सुमो आगजनी घटनामा संलग्न रहेको आरोप लागेका मनकुमार लिम्बूलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

मंगोल फोर्सका १० पुर्पक्ष थुनामा, ४ धरौटीमा रिहा

भक्तपुर जिल्ला अदालतले मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित पक्राउ परेकामध्ये दसजनालाई पुर्पक्षका लागि थुनामा राख्न र चारजनालाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको छ।

यौन दुर्व्यवहार आरोप लागेका श्रेष्ठलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश

ललितपुरको लगनखेल नकवहिलस्थित नेसनल चिल्ड्रेन स्कुलमा यौन दुर्व्यवहार गरेको आरोपमा ६२ बर्षीय दिवाकर श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षको लागी थुनामा राख्न आदेश दिएको छ।

गुण्डा नाइके मनाङे पूर्पक्षकालागि थुनामा

काठमाडौं-कुख्यात गुन्डा नाइके दीपक मनाङे पूर्पक्षकालागि जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेश अनुसार मनाङे जेल चलान भएका हुन्।

करेन्ट लागेर गैंडा मरेपछि चार जना थुनामा

चितवन- उद्योगपति विनोद चौधरीको व्यवसायिक संस्था सीजीसमेतको लगानी रहेको चितवन मेघौलीको होटल मेघौली सेराय अगाडी करेन्ट लागेर दुर्लभ वन्यजन्तु गैंडा मरेको विषयमा चितवन जिल्ला अदालतले होटलका कर्मचारीसमेत चारजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

सञ्चार उद्यमी सिंघानीया हत्यामा संलग्न यादबलाई थुनामा राख्न आदेश

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य अभियुक्त रामविनोद यादबलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद आचार्यको इजालसले मंगलबार यादबलाई थुनामा राख्न आदेश दिएको हो।

रतन संघाईसहित ३ लार्इ ७ दिन थुनामा राख्न अादेश

काठमाडौं- लागु औषध ओसार पसार अभियोगमा पक्राउ परेका रतन संघाईसहित ३ जनालार्इ थप ७ दिन थुनामा राख्र जिल्ला अदालत ललितपुरले अादेश दिएकाे छ। संघाईसहित ३ जनालाई लागु अाैषध काराेबार गरेकाे अभियाेगमा पक्राउ गरेकाे थियाे।

‘परस्त्री गमन’ आरोपमा सई थुनामा

एकल महिलासँग अवैध सम्बन्ध गाँसेको भन्दै गाउँलेको थुनामा परेका एक पुरुष प्रहरी अधिकृत भएको खुलेको छ। शुक्रबार राति जिल्लाको उत्तर पहाडी गाविस पोखरी–३ की एकल महिलासँग अवैध सम्बन्ध गाँसिरहेकै कोठाभित्र गाउँलेको थुनामा परेका उनी प्रहरी नायव निरीक्षक (सई) भिम श्रेष्ठ भएको खुलेको छ।

केडियाको अपहरणमा संलग्न ५ अभियुक्तलाई थुनामा राख्न आदेश

बारा– उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जना अभियुक्तलाई पुर्वाक्षको लागि थुनामा राख्न बारा जिल्ला अदालतले बुधबार आदेश दिएको छ।अपहरणकारीले जेठ १३ गते महागढीमाई नगरपालिका १ पसाह खोलको पुल नजिकबाट उद्योगी सुरेश केडिया सवार गाडीका चालकलाई गोली प्रहार गरी केडियालाई अपहरण गरी भारत पु–याएका थिए।

६ वर्षअघिको हत्या अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सर्लाही– सर्लाहीको बत्रौलमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेर ६ वर्षअघि जिल्ला सरकारी वकिल कार्यालयबाट हाजरी जवानीमा छुटेका अभियुक्तलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार ठग्ने पक्राउ

काठमाडौं– कारागारमा थुनामा रहेका व्यक्तिहरुलाई थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार रुपैयाँ ठगी गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट थानपती गाविस–८ का ३ वर्षीय राजु उप्रेतीलाई महानगरीय अपराध महाशाखा काठमाडौंले कालीमाटीबाट मंगलबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्