९ आश्विन २०८१ बुधबार
image/svg+xml
मुख्य समाचार

केडियाको अपहरणमा संलग्न ५ अभियुक्तलाई थुनामा राख्न आदेश

बारा– उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जना अभियुक्तलाई पुर्वाक्षको लागि थुनामा राख्न बारा जिल्ला अदालतले बुधबार आदेश दिएको छ।

अपहरणकारीले जेठ १३ गते  महागढीमाई नगरपालिका १ पसाह खोलको पुल नजिकबाट उद्योगी सुरेश केडिया सवार गाडीका चालकलाई गोली प्रहार गरी केडियालाई अपहरण गरी भारत पु–याएका थिए।

घटनामा संलग्न रहेको भन्दै बारा प्रहरीले महागढीमाई नगरपालिका बरियारपुर २ वीरेन्द्र यादव, पुष्करकुमार चौधर, कवहीका चन्चल पाण्डे, जियालाल यादव, इनर्वाका अर्का जियालालसहित ५ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका पाँचै जनामाथि अपहरण, ज्यान मार्ने उद्योग र संगठित अपराधसम्बन्धी मुद्दा सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालतमा पेश गरिएको थियो। अदातलमा पेश गरिएको मुद्दाको सुनवाई गर्दै दुई नम्बर ईजलासका न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले ५ जनालाई पुर्वापक्षको लागि थुनामा राख्ने अदेश दिएको बारा जिल्ला अदालतका श्रेस्तेदार मोहन सुवेदीले बताए।

अपहरण, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी ३ प्रकारका मुद्दा अदालतमा पेश अवस्थामा तत्कालको लािग पाँचै जनालाई पुर्वापक्षको लागि थुनामा राख्ने आदेश भएको श्रेस्तेदार सुवेदीले बताए।

पुर्वापक्षको लागि थुनामा राख्ने आदेश गरिएका मध्ये चन्चल पाण्डेले भारत बिहारका मोतिहार जेलमा रहेका कुख्यात अपराधी बब्लु दुबेसँग उद्योगी केडियालाई अपहरण गराउनको लागि योजना बनाए थिए।
केडियालाई अपहरण गर्न पाण्डेले योजना बनाएपछि त्यसलाई पूरा गर्न अन्यले साथ दिएको प्रहरीको भनाई छ। दुबे सम्हले बरियारपुर भन्दा १४ किलोमिटर दूरीमा रहेको कवहीनाकाबाट स्कारपियो गाडिमा राखेर भारत पु–याउन सफल भएका थिए।

जेठ १३ गते बिहीबार बेलुका महागढीमाई नगरपालिका १ पसाह खोलको पुलबाट अपहरणमा परेका वीरगन्ज खाद्य उद्योगका संचालक सुरेश केडियालाई अपहरणको केही दिनपछि भारतको मोतिहारीबाट अपहरणमुक्त गराइएको थियो।

प्रकाशित: १२ श्रावण २०७३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App