९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

करेन्ट लागेर गैंडा मरेपछि चार जना थुनामा

चितवन- उद्योगपति विनोद चौधरीको व्यवसायिक संस्था सीजीसमेतको लगानी रहेको चितवन मेघौलीको होटल मेघौली सेराय अगाडी करेन्ट लागेर दुर्लभ वन्यजन्तु गैंडा मरेको विषयमा चितवन जिल्ला अदालतले होटलका कर्मचारीसमेत चारजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीस एकनाराण कुँवरले आइतबार सो आदेश गरेका हुन्।

सो घटनामा अदालतमा नौजना विरुद्ध मुद्दा दायर भएको थियो। न्यायाधीस कुँवरले अन्य चारजनालाई साधरण तारेखमा छाड्न र एकजना अभियुक्तसँग ५० लाख रुपैयाँ धरौटी मागेर मुक्त गर्न आदेश दिएका छन् । जेल चलान हुनेमा दुई भारतीय नागरिकसमेत छन् । होटलका प्रवन्धक रितेश भट्ट र नेचर गाइड दीपु शशी, जीवन महतो र सुनिल महतो कारागार चलान भएका छन्।

भट्ट भारत उत्तराखण्ड र शशी भारतकै केरलाका हुन् । अदालतले नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं. ९ का सुभाष गदालतसँग ५० हजार रुपैयाँ धरौटी मागेको छ । गएको साउन २४ गते होटल नजिकै मरेको गैंडा फेला परेको थियो । फलामको ड्रम जोडेर डुंगा बनाउनका लागि वल्डिङ गर्न लगेको विजुलीको तार चपाउँदा गैंडा मरेको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको थियो।

धरौटी माग भएका गदाल वल्डिङ गर्न खटिएका थिए । दुर्लभ वन्यजन्तु गैर कानुनी तरिकाले मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । तस्करहरुले खागका दुर्लभ वन्यजन्तु गैंडाको सिकार गर्छन् । सो गैंडा खागका लागि नमारेर लापरवाहीका हिसाबले मारेको देखिएको छ । जे उद्देश्यले गैंडा मारे पनि हुने सजाय एकै खालको छ।

प्रकाशित: १२ भाद्र २०७३ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App