विराटनगर- साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।
सुनतस्करीको अभियोगमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ। जसमध्ये ३० जना पक्राउ परिसकेका छन्।
प्रकाशित: ८ जेष्ठ २०७५ १२:१२ मंगलबार