१८ रूपैयाको पानी २५ मा बेच्ने पाँचजना पक्राउ
जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ ।
शरीरका लागि पानीको महत्व कति हुन्छ भन्ने सबैलाई थाहा छ । हाम्रो शरीरको कुल वजनको करिब ७० प्रतिशत पानी हुन्छ । शरीरका सबै अंग र आन्तरिक कार्यप्रणाली ठीक ढंगले काम गर्न पनि पानीको उचित स्तर बनिरहनु आवश्यक हुन्छ तर कुनै रोग, व्यायाम, लु आदिका कारण शरीरमा पानीको कमी हुँदा हामीलाई प्यास लाग्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन्। पटक–पटक समय गुजारेर चौथो लक्ष्य निर्धारण गरिएको डेढ दशक पुरानो सपना मेलम्ची खानेपानी अब पछाडि नधकेलिने उनले स्पष्ट पारे।
पर्साको कौवावनकटैया गाविसमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निश्कर्ष छ-‘२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी पुग्ने देखियो।’ उनले आयोजनाको प्रगतिबारे विस्तृतमा जानकारी लिएपछि प्रतिकृया दिएका छन्-‘यो आयोजना सम्पन्न गरेर राष्ट्रिय गाैरवका आयोजना सम्पन्न गर्न अब ढिला गर्न हुँदैन भन्ने सन्देश दिनु जरूरी छ।’
आगो निभाउने सेवा दिने जुद्ध वारुणयन्त्रको कार्यालयमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को धारा जडान गरिएको छैन। ०६७ सालमा काठमाडौं महानगरपालिकाले सञ्चालन जिम्मा लिएदेखि नै जुद्ध वारुणयन्त्र धारोविहीन छ। कार्यालयले भूमिगत ट्यांकी बनाएर पानीको जोहो गर्दै आएको छ।
मंगलबार बिहानैदेखि परिरहेको वर्षाका कारण लहान बजार डुबान भएको छ। जिर्ण अवस्थामा पुगेका पानी निकासी नालाको पानीसमेत राजमार्गमा छताछुल्ल हुँदा बजार डुबानमा परेको हो। राजमार्ग, भित्री बजार र सरकारी अड्डामासमेत नाला र वर्षाको पानी पसेको छ। वर्षाको पानी जाम परेको नालाबाट निकासी नहुँदा रामार्ग पोखरी बनेको छ। राजमार्गमा तीन फिटसम्म जमेको पानी छेवैका पसल र घरमा पसेर डुबान भएको छ।
खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ।
फिल्म समीक्षक दीपेन्द्र लामाले फिल्म निर्देशन गर्ने भएका छन्। लामो समयदेखि फिल्ममाथि कलम चलाउँदै आएका नागरिककर्मी लामाले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म 'घामपानी'को बुधबार काठमाडौंको मण्डला थियटरमा औपचारिक घोषणा गरियो।
फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने भएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म समीक्षक दीपेन्द्रले निर्देशन गर्न लागेको फिल्म ‘घामपानी’को औपचारिक घोषणा गरियो।
भक्तपुर-काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार मच्चिरहेका बेला भक्तपुर जगाती सिपाडोलका स्थानीयले घरघरमा पानीको व्यवस्था मिलाएका छन्। सरकारको मुख नताकी स्थानीयले आफ्नै पहलमा पानीको बन्दोबस्त मिलाएर घरघरमा धारा जडान थालेका हुन्।
काठमाडौँ- विदेशीको क्रेडिट कार्ड डिटेल चोरी अनलाइन सपिङ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
चौतारा– असार २१ गतेराति भोटेकोसी नदीमा अकस्मात आएको बाढीले ट्रान्सफर्मर र पोल बगाएपछि अवरुद्ध भएको सात गाविसमा विद्युत् सुचारु भएको छ। डिभिजन सडक कार्यालयले सडक मर्मत गरेपछि तातोपानी गाविसस्थित निर्माणाधिन सुख्खा बन्दरगाहस्थलसम्म विद्युत् सुचारु गरिएको नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रले जनाएको छ।
विधिवत महाधिवेशनको माग गर्दै ११ दिनदेखि अनसनरत नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व जिल्ला उपाध्यक्ष रत्नहरि ढुंगेलको स्वास्थ्य गम्भीर भएको छ। शरीरमा स्लाइनपानी चढ्न छोडेको छ भने पिशाब फेर्न समस्या भइरहेको छ।
जापानका सम्राट आकिहितोले पद त्याग गर्ने संकेत गरेका छन्। आइतबार एक सरकारी टेलिभिजनमा दिएको एक सन्देशमा ८२ वर्षीय सम्राट आकिहितोले आफ्नो बढ्दो उमेर, बिगँ्रदो स्वास्थ अवस्थाका कारण पद त्याग गर्ने संकेत गरेका हुन्।