२७ पुस २०८१ शनिबार
image/svg+xml

बेनीमा ९ दिनदेखि खानेपानीको अभाव

म्याग्दी– सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ। बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ-ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी आपूर्ति गर्दै आएको छ।

सप्तकोसीमा पानीको बहाव घट्न थाल्यो, खतराको संकेत भने यथावत

इटहरी– सप्तकोसी नदीमा पानीको बहाव घटन थालेको छ। बुधबार अपरान्ह पानीको बहाव घटेर २ लाख ३८ हजार ५१० क्यूसेकमा झरेको छ। मंगलबार भने कोशीमा यस वर्षकै उच्च २ लाख ८५ हजार क्यूसेक पुगेको थियो। एक साता अघिदेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव घटबढ भइरहेको छ। क्षणिक रुपमा पानीको बहाव घटे पनि पहाडी जिल्लामा वर्षा हुनासाथ बढ्ने गर्छ।

सप्तकोसीमा यस बर्षकै उच्च पानीको बहाब, खतराको संकेत रातो बत्ती यथावत

सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। एक सातादेखि निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले मंगलबार बिहानको मापन अनुसार २ लाख ७० हजार २०० क्यूसेक पुगेको छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३५ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ।

सप्तकोसीमा पानीको बहाब वर्षकै उच्च, खतराको संकेत रातो बत्ती

इटहरी– सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले शनिबार अपरान्ह ४ बजेको मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्यूसेक पुगेको छ। पहाडी जिल्लामा निरन्तर बर्षा भएकाले गर्दा पानीको बहाव बढ्दो छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ।

सप्तकोसी नदीमा पानीको बहाव उच्च, ३१ ढोका खोलिए

सप्तकोसी नदीमा पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो छ । शनिबार बिहाने कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार ४ क्यूसेक पुगेको छ। सप्तकोसीमा मंगलबारदेखि पानीको बहाव बढ्दो छ । पहाडी जिल्लामा निरन्तर बर्षा भइरहेकाले गर्दा पानीको वहाब बढेको हो । पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ ।

'कोशीको पानी यो जिन्दगानी'

नेपथ्य आफ्नो सांगीतिक यात्राको दसौं अल्बमको तयारीमा ब्यस्त छ। देशका विभिन्न भाग घुमेर संकलन गरिएका केही गीत र कविहरुका सिर्जना उक्त अल्बममा सुन्न पाइनेछ।

नारायणीमा पानीको सतह बढ्यो- सचेत रहन ५० हजारलाई मोबाइल सन्देश

जल तथा मौसम विज्ञान विभागले नारायणीको पानीकेा सतह चेतावनी तहभन्दा माथि गएपछि शुक्रबार सा“झ नौ बजे नदीकिनारका करिब ५० हजार सर्वसाधारणलाई मोबाइल एसएमएसबाट सचेत गराएको छ।

खानेपानी तथा सरसफाइ मन्त्रीद्वारा राजीनामा

समाजवादी जनता दलबाट मन्त्री बनेका प्रेमबहादुर सिंहले पदबाट राजीनमा दिएका छन्। वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि खाने पानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी सम्हालेका सिंहले राजीनामा दिएका हुन्।

उपभोक्ताका भान्छामा घातक पानी

राजधानी उपत्यकाका झन्डै २५ प्रतिशत खानेपानी ट्यांकरले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने दूषित पानी बाँडिरहेको पाइएको छ। उपभोक्ताले वैकल्पिक स्रोतका रूपमा उपभोग गर्दै आएको ट्यांकरको पानीमा हानिकारक तत्व एमोनिया र आइरनको मात्रा उच्च भेटिएको हो।

काउलेपानी मुलुककै पहिलो वातावरणमैत्री होमस्टे गाउँ

नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको गाउँ सहरको होमस्टेगाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ।

नेताले खन्याए 'बालुवामा पानी'

पर्यटकीय सम्भावना हुँदै नभएका वा अति न्यून रहेका क्षेत्रमा पर्यटन पूर्वाधार विकास बजेट खन्याउँदा परिणाम कस्तो आउला? प्रस्ट छ, बालुवामा पानी खन्याएसरह बजेट खेरै जान्छ। सरकारले मुलुकका प्रमुख पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाउन छुट्ट्याएको करोडौं रुपैयाँ बजेट 'बालुवामा पानी' झैं बन्ने खतरा देखिएको छ।

EXCLUSIVE दृश्यः चीनमा थुनियो भोटेकोसी, नेपालमा रच्यो विनाश

सिन्धुपाल्चोकको तातोपानी नाका नजिकैको चिनिया क्षेत्र खासा बजार र नेलामबीचको ७०७ पुलमा गएको पहिरोले भोटेकोसी नदी थुनियो। खासा क्षेत्रमा पहिरोले थुनिएको भोटेकोसी एक्कासी फुटेपछि उर्लेर आएको बाढीले नेपाल–चीन नाका तातोपानी क्षेत्रमा असार २१ गते विनाशलिला मच्चायो। प्रस्तुत छ चिनियाँ क्षेत्रका दृश्य समेत समावेस गरि स्थलगत रुपमा तयार पारिएको नागरिक शोः

मातातीर्थका ४ खानेपानी उद्योगमा शिलबन्दी

काठमाडौं– विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले सोमबार मातातीर्थ क्षेत्रका ४ पानी उद्योगलाई शिलबन्दी गरेको छ। मातातिर्थ क्षेत्रमा सञ्चालित पानी उद्योगहरुको अनुगमन निरीक्षणका लागि सञ्चारकर्मीहरुसहित त्यस क्षेत्रमा पुगेको टोलीले मातातीर्थ स्प्रिङ वाटर एन्ड वेभरेज प्राली र स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ प्राली, सगरमाथा फुड एण्ड वेभरेज र राेयर स्प्रिङ मिनरल एण्ड वेभरेज प्रालीको उत्पादन प्लाण्टमा शिलबन्दी गरेको हो।

तातोपानीबाट ५८ को उद्धार

भोटेकोसी बाढीले घरवारविहीन ५८ पीडितलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार तातोपानीबाट उद्धार गरेको छ। सेनाको एमआई१७ हेलिकप्टरले दुई खेपमा उनीहरुको उद्धार गरिएको हो। उद्धार गरिएकामा धेरै बालबालिका र महिला छन्।

सेनाको हेलिकोप्टरमार्फत तातोपानीबाट ५८ जनाको उद्दार

काठमाडौं– भोटेकोशीमा आएको बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपत्मा फसिरहेका तातोपानीका ५८ जना पीडितलाई शुक्रबार उद्दार गरिएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट पटकमा ५८ जनालाई तातोपानीबाट बाह्रविसे बजारमा ल्याएर उद्दार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्