१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

सात वर्षिया बालिकामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। सदरमुकाम स्थित मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीय तेजनारायण रायलाई जवरजस्ती करणी उद्योगको आरोपमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

छुवाछुत गरेको आरोपमा एक पक्राउ

छुवाछुत गरेको आरोपमा सर्लाही प्रहरीले बुधबार एक व्यक्तिलाई पक्राउ गरेको छ। गोडैता नगरपालिका–९ निवासी ५१ बर्षीय शुभलाल  राय यादवलाई गाउँकै दलित समुदायका एक व्यक्ति माथि छुवाछुत गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ।

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा इबे भनेर चिनिने युवराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

विदेश पठार्इदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ।

घुस लिएको आरोपमा ईन्जिनियर पक्राउ

अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले गुलरिया नगरपालिका कार्यालयका सब ईन्जिनियरलाई मंगलबार पक्राउ गरेको छ। सेवाग्राहीसँग १० हजार घुस लिएको आरोपमा सहायक ईन्जिनियर रमेश गौतमलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

विराटनगरका फार्मेसीमा नक्कली औषधि, तीन पक्राउ

विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्रि बितरण हुने गरेको खुलासा भएकाे छ। विराटनगरका केहि फार्मेसीमा जिल्ला प्रहरी कार्यालय मोरङले छापा मार्दा नक्कली औषधि बिक्रि बितरण हुने गरेको पाइएको हो।

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

मृगौला तस्करीमा संलग्न पाँच जना पक्राउ

मृगौला तस्करी गर्ने पाँच जनाको गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षिय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षिय बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ का २८ वर्षिय प्रकाश तामाङ, मोरङको साविकको बयरबन गाविस वडा नम्बर ६ का ३४ वर्षिय दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ३ का २८ वर्षिय विशाल नेपाली छन्।

अवैध रजनीगन्धा सहित २ पक्राउ

तस्करी गरी अवैध रुवपमा पैठारी गरिएको पान मसला रजनीगन्धा र विभिन्न ब्राण्डका सुगन्धित जरदा सहित प्रहरीले वीरगन्जको गहावाबाट एक कारोबारी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारको अभियोगमा सशस्त्रका दुई प्रहरी पक्राउ

बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन्।

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

३६ लाख घुससहित इन्जिनियर ठाकुर दम्पत्ती पक्राउ

भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। ठाकुरले सेवाग्राहीबाट ३६ लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले शनिबार भैरहवास्थित सरकारी निवासबाट नियन्त्रणमा लिएको हो। अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्