६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

नवलपरासी - पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। 

भारतबाट नेपाल भित्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभयो। 

पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा महानगरपालिका ४ बस्ने १८ वर्षीय सुवास गुरुङ्, सोही स्थानका १७ वर्षीय जीतबहादुर मगर र पश्चिम नवलपरासी बर्दघाट ५ बस्ने १८ वर्षीय दीपक दर्जी रहेका छन्। 

उनीहरुको साथबाट नेप्सन १८० फाइल, नोफिन एउटा, डाइजेपाम एउटा र फेनेरागन एउटा बरामद गरिएको छ। सशस्त्र प्रहरी अस्थायी पोष्ट त्रिवेणी र इलाका प्रहरी कार्यालय त्रिवेणीको संयुक्त सुरक्षा टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो। रासस

प्रकाशित: १२ श्रावण २०७५ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App