२० आश्विन २०८१ आइतबार
image/svg+xml

चिकित्सक संघद्वारा आन्दोलन घोषणा, आकस्मिक र कोभिड–१९ बाहेक सम्पूर्ण सेवा बहिष्कार

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ।

डा. केसीसँग तुरुन्त वार्ता गर : भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यमा भएको विकृती सुधार गर्नुपर्छ, दुरदराजमा सहज सेवा दिनुपर्छ भन्ने उहाँको माग जायज छ’ गृह जिल्ला गोरखामा आज आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने।

कांग्रेसको सरकारलाई चेतावनी : डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ

नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगर्ने प्रवृत्ति सरकारलाई महंगो पर्ने चेतावनी दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू।

डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग

सत्तारुढ नेकपाकै वरिष्ठ नेताहरुका साथै नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण गराउँदा पनि सरकार मौन रहनु उदेक भएको छ।

सरकारी टोलीलाई डा. केसीले भने : वार्ता टोली बनाएर छलफलमा आउनुस्

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई सरकारी टोलीले भेटेको छ। शिक्षा विज्ञान तथा प्रविधि सचिव गोपीनाथ मैनाली नेतृत्वको टोलीले डा. केसीलाई भेटेको हो।

बाबुराम भट्टराईको प्रश्न : लोकतान्त्रिक राज्यले डा. केसीसँग वार्ता नगरी बस्न मिल्छ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै

नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमितामा राखेर डा. केसीले अनशन थालेको देखिन्छ। तर त्यही पार्टीको सरकारले आपैंmले गरेको चुनावी प्रतिबद्धताविपरीत डा. गोविन्द केसीले उठाएका अजेन्डालाई दुत्कारेको छ।

‘जनता माग्छन् अस्पताल, सरकार दिन्छ भ्यू टावर’

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले प्रदर्शन गरेका छन्।

सरकारलाई साझा पार्टीको प्रश्न : डा. गोविन्द केसीलाई मार्नै खोजेको हो?

सोमबार विज्ञप्ति जारी गर्दै साझाले २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएकोप्रति गम्भीर चिन्ता प्रकट गरेको हो।

डा. केसीको जीवन रक्षा गर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

डा. केसीलाई अक्सिजनको सपोर्ट

चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आइतबारदेखि श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्न थालेको छ।

अनशनको २१औं दिन, न सम्झौता कार्यान्वयन न वार्ता

सरकार आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नतर्फ नलागेर गलत समयमा अनशन बसेको भन्दै उल्टै उनैलाई होच्याउन र सत्याग्रहीलाई खिसीट्युरी गर्न उद्यत् छ।

'नाममा समाजवाद, स्वास्थ्यमा व्यापार'

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ। ‘सोलिडारिटी फर डा. केसी’को अगुवाईमा सडकमा निस्किएका युवाले केसीको जीवन रक्षाको माग गरेका हुन्।

डा. केसीको स्वास्थ्य अवस्था झन् नाजुक

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

संवेदनाहीन सरकार, यस्तो छ केसीको स्वास्थ्य अवस्था

केसीको रगतमा डब्लुबिसी, सुगर र पोटासियमलगायत तत्व घट्दै जानेजस्ता समस्या आएको र उनलाई कुनै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्