८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारी टोलीलाई डा. केसीले भने : वार्ता टोली बनाएर छलफलमा आउनुस्

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई सरकारी टोलीले भेटेको छ। शिक्षा विज्ञान तथा प्रविधि सचिव गोपीनाथ मैनाली नेतृत्वको टोलीले डा. केसीलाई भेटेको हो।  

डा. केसीलाई भेटेर मागबारे जानकारी लिएको र अहिलेको अवस्था महामारीका कारण जटिल रहेकोले अनशन तोड्न आग्रह गरेको सचिव मैनालीले नागरिकलाई बताए। ‘अहिले महामारीका कारण अवस्था जटिल छ। अहिले अनशन डा. केसीलाई अनशन तोड्न आग्रह गर्यौंए’, मैनालीले नागरिकसँग भने, ‘उहाँले वार्ता टोली बनाएर छलफल गरौं भन्नु भयो।’ डा. केसीको सन्देश सरकारसमक्ष पुर्यााउने उनले बताए।

डा. केसीलाई भेट्न सचिव मैनाली, शिक्षामन्त्रालयका प्रवक्ता दीपक शर्मा र लक्ष्मी खड्का पुगेका थिए।

 

 

प्रकाशित: २० आश्विन २०७७ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App