२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीसँग तुरुन्त वार्ता गर : भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यमा भएको विकृती सुधार गर्नुपर्छ, दुरदराजमा सहज सेवा दिनुपर्छ भन्ने उहाँको माग जायज छ’ गृह जिल्ला गोरखामा आज आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने।  

सरकारले वार्ता गर्न चासो नदिनुले सरकार जनताको माग प्रति गम्भिर नभएको उनले बताए। सरकारले डक्टर केसीको मागलाई उपेक्षा गरेको उनले बताए। ‘तुरुन्त वार्ता गरेर जीवनरक्षा सरकारले गर्नुपर्छ’ उनले भने।  

सरकारले कोभिडको कारण देखाउँदै गरेको लकडाउनले अर्थतन्त्र चौपट भएको बताउँदै उनले केपी ओलीको नेतृत्वमा देश चरम निरङकुशता तर्फ गईरहेको आरोप लगाए। नेकपा भित्रको गुटको असर सरकार र देशमा परेको भन्दै डाक्टर भट्टराईले संघीयता बिपरित आदेशमा प्रदेशको नामाङ्कन, केन्द्र तोकिँदा अहिले तनाब सिर्जना भएको बताए।  

गृहजिल्ला गोरखामा महत्वपूर्ण सडक पुन:निर्माणले गति लिन नसकेको बारे कार्यालय प्रमुख, निर्माण व्यवाशायी र जनप्रतिनिधिसँग चासो राखेका थिए। ‘कर्मचारी, ठेकेदार र राजनीतिक नेतृत्वका कारण विकास निर्माणका काम अलपत्र छ’ उनले भने। नियमित अनुगमन गर्ने, काम नगर्नेको ठेक्का रद्ध गरेर कारवाहीको प्रक्रियामा अघि बढ्न उनले सुझाब दिए।  

 

 

 

प्रकाशित: २१ आश्विन २०७७ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App