१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको सरकारलाई चेतावनी : डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ

नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगर्ने प्रवृत्ति सरकारलाई महंगो पर्ने चेतावनी दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू। हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ।‘ डा. केसी को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगर्न कांग्रेले भनेको छ।  

कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गरेको छ : डा.केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो? केसी अनशनमा बसेको आज २४ दिन पुगेको छ। ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ?’ कांग्रेसले भनेको छ।

नेपाली कांग्रेसको पालामा डा. केसी अनशन बस्दा, वार्ता गरेर कयौं माग पूरा गरेको समेत विज्ञप्तिमा उल्लेख छ। सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर, शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर माग पूरा गर्ने प्रयास गरेको बताइएको छ। उसबेला पूरा गरिएका माग सरकारले उल्टाएको आरोप लगाइएको छ।  

 

प्रकाशित: २१ आश्विन २०७७ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App