७ माघ २०८१ सोमबार
image/svg+xml

जाने होइन त तीनधारे झरना (फोटोफिचर)

काभ्रेपलाञ्चोकको तिनधारे छाँगो अहिले एकाएक चर्चामा छ। कोरोना संक्रमणको समयमा पनि उक्त छाँगो/झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ। रोशि गाउँपालिका–२ मा रहेको यो झरना हालसम्म भने गुमनाम थियो। यसवर्ष भने यो झरना निकै भाइरल भइरहेको छ।

बाढीले बगाएको रुसे झरना खण्ड मर्मत

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा बाढीले बगाएको सडक करिब एक महिनापछि मर्मतसँगै सञ्चालनमा आएको छ। गएको साउन ५ गते भारी बर्षासँगै रुप्से झरनामा आएको बाढीले पक्की पुल र सडक बगाएपछि अवरुद्ध भएको झरना आसपासको सडक मर्मतसँगै सवारीसाधन वारपार गर्न मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा आएको हो।

झरनामा भिडभाड

झरनाको पुरै फोटो निस्किने ठाँउमा फोटो खिच्न पालो कुर्नेहरु निक्कै थिए । उनीहरु झरनामा खेलेर भिजेका देखिन्थे ।

पर्यटक तान्दै माझठानाका झरना

पोखरा महानगरपालिका वडा–२८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ ।

पर्यटकको पखाईमा धिप्लुङ झरना

पछिल्लो समय खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रहेको धिप्लुङ झरना पर्यटकको गन्तव्य स्थलकारुपमा विकास हुँदै गएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको सिमानामा पर्ने १६७ मिटर अग्लो झरना आन्तरिक पर्यटकको गन्तव्य स्थलकारुपमा विकास हुँदै गएको हो।

अनमोल र सुहाना फेरि एकसाथ

अभिनेता अनमोल केसीले नयाँ अभिनेत्रीहरुसँग काम गर्ने सिलसिलालाई तोडेका छन्। अभिनेत्री झरना थापाको ‘ए मेरो हजुर–४’ मा उनी अभिनेत्री सुहाना थापासँग देखिँदैछन्।

पोकलीमा दुईदिन महोत्सव

ओखलढुंगास्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय गन्तव्य पोकली झरनालाई प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ। दुई दिनसम्म हुने उक्त महोत्सव पोकली झरना सेवा समाजको आयोजनामा हुन गइरहेको आयोजकले जनाएको छ।

झरनाको सौन्दर्यकरण

पर्यटकलाई आकर्षित गर्नका लागि महभिर झरनामा सौन्दर्यकरण गरिएको छ। समुदाय, स्थानीय तह र विभिन्न निकायको प्रयासमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित महभिर झरनाको सौन्दर्यकरण गरिएको हो। बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने र आउने पर्यटकहरुलाई आकर्षित गराउन पूर्वाधार निर्माण गरिएको छ।

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

क्यानोनिङको देश

झरनैझरनाको देश नेपालमा छाँगावरोहण खेलको प्रचुर सम्भावना छ। यसको विकास गर्न सके गाउँगाउँमा पर्यटनको प्रतिफल पुग्छ।

गाउँपालिका चिनाउने गीत

नेपालकै अग्लो झरना। सुन्दर पाटन र चौरहरू। कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाका विषेशताहरू हुन्, यी। यिनै विशेषताहरूलाई समेटेर अध्यक्ष खड्गराज सेजुवालले गीत तयार पारेका छन्।

जलबीरे झरनामा पर्यटक वृद्धि

चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ। गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो।

‘हाम्रै देशका सहर सुन्दर लाग्छन्’

सहर सुविधायुक्त आकर्षक ठाउँ हो। सहरमा मानवीय आवश्यकताका सुविधा हुन्छन्। अर्को अर्थमा, सहर अलि अग्ला गुजुप्प घर भएको कलात्कमक ठाउँ पनि हो। जहाँको बाटो चौडा हुन्छ।

‘हरेक कुरामा उपयुक्त समय आउनुपर्छ’

निर्माता सुनिलकुमार थापाले २०५९ सालमा फिल्म ‘ए मेरो हजुर’ निर्माण गर्दा सुनिलकी छोरी सुहाना सानै थिइन् । फिल्ममा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको जोडी थियो । कथा अनुसार झरनाको छोरीको चरित्रमा बाल कलाकार चाहिने भएपछि सुनिल र झरनाले सुहानालाई नै अभिनय गराए ।

पर्यटक लोभ्याउँदै इर्लुङ झरना

तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो। स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने हुनसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्