२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले बगाएको रुसे झरना खण्ड मर्मत

अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरना आसपासमा सडक मर्मत गरिदैं। तस्वीर सौजन्यः इन्द्रसिंह शेरचन

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा बाढीले बगाएको सडक करिब एक महिनापछि मर्मतसँगै सञ्चालनमा आएको छ। गएको साउन ५ गते भारी बर्षासँगै  रुप्से झरनामा आएको बाढीले पक्की पुल र सडक बगाएपछि अवरुद्ध भएको झरना आसपासको सडक मर्मतसँगै सवारीसाधन वारपार गर्न मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा आएको हो।

बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर)ले झरना आसपासमा अवरुद्ध भएको सडक मर्मत गरेपछि सवारीसाधन आवतजावत गर्न सहज भएको शर्मा गजुरमुखी कम्पनीका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए।  

‘करिब दुईसाताको प्रयासमा सडक सञ्चानलमा आएको छ,‘ चट्टानले अवरुद्ध भएको ठाउँमा विष्फोटक पर्दाथ नै प्रयोग गर्ने तयारी छ’ शेरचनले भने। सडक निर्माणको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीको स्काभेटरका अप्रेटर विजय लामा र समिर तामाङले पहिरोस्थलमा जोखिम मोलेर अवरुद्ध पन्छाएपछि साना र ठूला सवारीसाधन आवतजावतमा सहज भएको छ।मर्मतको क्रममा समेत माथिबाट ढुंगा खस्दा केही समस्या भएपनि तत्काल दुईपांग्रे सवारीसाधन बाहेक सानाठूला सवारीसाधनन आवतजावत गर्न मिल्ने आयोजनाले जनाएको छ। बेनी–जोमसोम सडकखण्ड अन्तरगत बेनी–दानासम्मको खण्ड खुलेको छ। छिमेकी मुस्ताङको थासाङ गाउँपालिकासँग जोडिएको काभ्रेभिर आसपासमा मंगलबार विष्फोटक पदार्थको प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ।  

कालिगण्डकी करिडोरका प्रमुख अशोक तिवारी सहितको टोलीले स्थलगत रुपमै बसेर सडकलाई नियमित सञ्चालन गर्ने गरी ठेकेदार कम्पनीलाई आवश्यक जनशक्ती र इक्यूमेन्ट प्रयोग गर्न समेत निर्देशन दिएकाले सहज भएको छ। सडकखण्डको अवस्थाको अनुगमन गर्न म्याग्दीका प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, मुस्ताङका प्रदेश सांसद चन्द्रमोहन गौचन लगायतको टोलीले समेत स्थलगत अनुमन गरेको थियो। रुप्सेमा आएको बाढीले अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिएको छ भने गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेशिन ,बस र पुल बगाएको थियो। ७९ किलोमिटरको बेनी–जोमसोम सडकमा सबैभन्दा जोखिम दाना–घाँसा सडकखण्ड मानिन्छ। 

प्रकाशित: २ भाद्र २०७७ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App