वैदेशिक रोजगार : मृतक तथा अशक्तका ३२ बालबच्चालाई छात्रवृत्ति
वैदेशिक रोजगार बोर्डले बैदेसिक रोजगारकाक्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिकका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ ।
वैदेशिक रोजगार बोर्डले बैदेसिक रोजगारकाक्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिकका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ ।
सर्लाहीको दक्षिण पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका–८, बसन्तपुर टोलामा बच्चाहरुबीच झगडा भएको र सोही निउमा बच्चाका अभिभावकबीच विवाद बढ्दै गएर सोमबार राति कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले सञ्चालन गरिरहेको क्वारेन्टाइनमा रहेकी एक महिलाले छोरालाई जन्म दिएकी छन्। तीन दिनदेखि पञ्चपुरीको विद्यापुर क्याम्पसमा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोरालाई जन्म दिएकी हुन्।
रसुवाको उत्तरगया गाउँपालिका–५ कैदलटारकी लक्ष्मी पौडेल आफू र आफ्नो बच्चाको स्वास्थ्यप्रति निकै सचेत छिन्। उनले आफ्नो बच्चालाई ६ महिना स्तनपान मात्र गराइन्। त्यसपछि दूधसँगै खाना थपेर अन्डासमेत मिसाएर खुवाउन थालिन्।
जिल्लाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँस्थित ठूलोगाउँ स्वास्थ्य चौकीले ‘बच्चा जोखौं, नुन बोकौं’ अभियान सुरु गरेको छ।
धादिङको दक्षिणी भेगमा अधिकांश चेपाङ बस्ती छन्। शिक्षा, स्वास्थ्य र सरसफाइमा उचित ध्यान नदिँदा धेरै आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ भने बच्चाहरुमा कुपोषणको समस्या बढी छ।
खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्थानीय बर्थिङ सेन्टरमा गएर बच्च जन्माउने सुत्केरीलाई थप एक हजार बढि यातायात खर्च दिन थालेको छ। स्वास्थ्य संस्थामा गएर सुरक्षित तरिकाले बालबच्चा जन्माउनका लागि प्रोत्साहित गर्न गाउँपालिकाले थप एक हजार बढाएर ३ हजार यातायात खर्च दिन सुरु गरेको हो।
अहिले राजधानीलगायत शहरी क्षेत्रमा बालबच्चालाई मन्टेस्वरी स्कुलमा पढाउने परिपाटी बढेर गएको छ। कतिपय अभिभावक चर्को शुल्क तिरी त्यस्ता स्कुलमा पढाइरहेका छन्। यतिबेला मन्टेस्वरीएउटा फेसन नै भएको छ। के हो मन्टेस्वरी र यसकाआदर्शएवं अभ्यास के हुन्? योआलेख यिनै विषयमाकेन्द्रित छ।
चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन्। अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ।
हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ। १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो। हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ।
चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो।
जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ। भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन्।
भर्खरै जन्मेको शिशुको लागि आमाको पहिलो दूध नै सबथोक हुन्छ। शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो।
मलद्वारनै नभएको बच्चा जन्मिएको छ। रौतहटको गढीमाई नगरपालिका–२, समनपुरकी सुनितादेवी पासवानले गयराति साढे ११ बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सो बच्चालाई जन्म दिएकी हुन्।
गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन्। उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिए। उनका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्।