२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

मन्टेस्वरी मोह

डा.श्रीराम खनाल

अहिले राजधानीलगायत शहरी क्षेत्रमा बालबच्चालाई मन्टेस्वरी स्कुलमा पढाउने परिपाटी बढेर गएको छ। कतिपय अभिभावक चर्को शुल्क तिरी त्यस्ता स्कुलमा पढाइरहेका छन्।  यतिबेला मन्टेस्वरीएउटा फेसन नै भएको छ। के हो मन्टेस्वरी र यसकाआदर्शएवं अभ्यास के हुन्? योआलेख यिनै विषयमाकेन्द्रित छ।

मन्टेस्वरी सन् १९०७ मा इटलीका चिकित्सक मारिया मन्टेस्वरीले बालबालिकामाथि गहिरो अध्ययन गरी विकास गरेर प्रयोगमा ल्याएका शैक्षणिक पद्धतिहो। संसारको प्रसिद्ध बालशास्त्रीका रूपमा परिचित उनले बालबालिकामा औपचारिक सिप बिकास नगरी समग्र विकासमा केन्द्रित हुनुपर्छ भन्ने कुरा पत्ता लगाएकी थिइन्। बच्चाको अभिरुचिअनुसार वातावरण र उनीहरूका जिज्ञासा शान्त गराउने बालकेन्द्रित विधिलाई मन्टेस्वरी भनिन्छ। यसले बालबच्चालाई भित्री मनदेखि नै सिक्न जागरुक बनाउने र इच्छा जगाउनुका अतिरिक्त बालबच्चामा लुकेको प्रतिभा बाहिर ल्याउने अवसर प्रदान गर्छ। यो विधि खासगरी ३ देखि ७ वर्षसम्मका बच्चालाई स्वतःस्फूर्त आफैँ सिक्न सक्छन् र शिक्षकले उनीहरूको सिकाइमा हस्तक्षेप गर्नुहँुदैन भन्ने अवधारणामा आधारित छ।

खेलकुद,गीतसंगीत, छलफल वा संवाद, प्रदर्शनआदि मन्टेस्वरी शिक्षण पद्धतिका लागि अवयव हुन्।राम्रो मैदान, प्रशस्त खेलौना,गीतसंगीत,सम्वाद,प्रदर्शन,आरामको व्यवस्था,यातायात,पौष्टिक खाना, सरसफाइ, शान्त वातावरण मन्टेस्वरीका प्रमुख पक्षहुन्। बालबच्चालाई पाठ कण्ठस्थ गराउनेभन्दा पनि वास्तविक वस्तु र चित्रद्वारा सिकाइँदा प्रभावकारी हुन्छ भन्ने मान्यता यसले राख्छ। बच्चालाई राम्रो काम गर्न अभिप्रेरित गर्नुको साटा चकलेट दिने,पैसा दिने, ग्रेड छुट्याइदिने, स्टार दिने, स्याबासी दिने, पिट्ने,दण्ड दिने र अरु बच्चासँग तुलना गराउने कदापि ठीक होइन्। बच्चाले अरुले गरेका कार्य छिटो गरी नक्कल वा सिको गर्न सक्छन्। त्यसैले पाठ पढाउने, घोेकाउनेभन्दा पनि पनि वास्तविक वस्तु, सामग्री र चित्र देखाएरै जानकारी दिँदा उनीहरूले छिटो  सिक्न सक्छन्।

नेपालमा पनि मन्टेस्वरी पद्धतिको सुरुवात भएको करिब एक दशक जतिमात्र भएको छ। छोटो समयमै यो पद्धति राम्रो भन्ने कुुरा फैलिएको छ। त्यसो त शहरमा बस्ने कामकाजी महिला वा अभिभावकका लागि मन्टेस्वरी निकै वरदान भएको छ। तर नेपालमा मन्टेस्वरीको जनशक्ति अझै पनि कम छ। मन्टेस्वरी तालिम लिएका जनशक्तिले छिटै रोजगारी पनि पाउँछन्। तरयहाँका केही चर्चितस्कुलबाहेक अन्यले भने शिक्षकलाई साह्रै कम पारिश्रमिक दिने गरेका छन्।शिक्षाशास्त्र संकायअन्तर्गत उच्च शिक्षास्तरमा बालविकास र शैक्षिक मनोविज्ञानका पाठ्यक्रम छन् जसमा केही मात्रामा मन्टेस्वरी शैक्षणिक विधिसम्बन्धी जानकारी हासिल हुन्छ नै। हामीकहाँ मन्टेस्वरीलाई लक्षित गरी छुट्टै शैक्षिक पाठ्यक्रम छैनन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले अल्पकालीन तालिमको व्यवस्था गरे पनि त्यसले व्यापकता पाउन सकेको छैन्।

अहिलेको मन्टेस्वरी स्कुलहरूलेबालमैत्री खेल मैदान,राम्रो खानेकुरा अर्थात् सन्तुलित खाना, बच्चाहरूको शारीरिक, मानसिक विकाससँग सम्बन्धी ज्ञान,आराम,शैक्षिक सामग्रीको विकास गरेर भविष्यमा जग बसाउनेखालको शिक्षा उनीहरूलाई दिनुपर्छ। यता शिक्षक पनि दक्ष, मन्टेस्वरी तालिम प्राप्त र मन्टेस्वरी बुझेको हुनुपर्छ। मन्टेस्वरी पढाउने शिक्षक÷शिक्षिकाले विश्वविद्यालयको पाठ्यक्रम बुझेको हुनुपर्छ। उनीहरूले यान्त्रिकभन्दा पनि संवेगात्मक,मानसिक,भाषिक, क्रियात्मक विकासमा जोड दिनुपर्छ। हामीकहाँ भने शैक्षिक विकासलाई सुरुमा जोडदिने प्रचलन छ।

पहिला बालबच्चाको मनोविज्ञान बुझ्ने कोसिस गर्नुपर्छ र यो ज्ञानरूपी घरको जग भएकाले उनीहरूलाई भाषा सिकाउने, क्रियात्मक विकास गराउनुपर्छ। रटाउने भन्दा पनि स्वतःस्फूर्तरूपमा बालबच्चालाई सिक्न उत्साहित गर्ने, सिर्जनशील क्षमताको विकास गराउने, चकचक गरेमा कारबाही गर्ने वा पिट्नु कदापि राम्रो होइन। यो मन्टेस्वरीको शैक्षणिक पद्धति विपरित हो तर हामीकहाँ यसो हुने गरेको छ। गृहकार्यको बोझ र कितावको भारी बोकाउनु पनि कलिला बच्चाका लागि कदापि राम्रो होइन्। बच्चाहरूलाई राम्रो र सुरक्षित वातावरणमा यातना नदिइकन सिकाउने वातावरणमा ज्ञान दिनु बाल शिक्षाको प्रमुख पक्ष हो।

मन्टेस्वरी स्कुलमा पठाउँदैमा सबै बच्चाले रामै्र गर्छन् भन्ने भ्रम अभिभावकमा हुनुहँुदैन। उनीहरूले बेलाबेलामा आफ्ना बालबच्चा सिकाइ,मानसिक, शारीरिक र संवेगात्मक विकास भएको छ÷छैन भन्ने कुरामा विचार र मनन गर्नुपर्छ। जसका लागि बेलाबेलामा स्कुलहरूको भ्रमण गर्नुपर्छ। सिस्टर, प्रशिक्षक र सञ्चालकहरूसँग पनि आफ्ना बालबच्चाबारे जानकारी लिनुु राम्रो हुन्छ। मन्टेस्वरी पद्धति आफँैैमा खराब होइन्, मन्टेस्वरी स्कुल नपठाउनू भन्ने आशय भने होइन्। पढाइरहेको स्कुलमा मन्टेस्वरी पद्धति कत्तिको प्रयोग भएको छ र बालबच्चामा कस्तो परिवर्तन आएको छ, स्कुल स्रोत साधन सम्पन्न छ÷छैन भन्नेमा विचार पु-याउनुपर्छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App