९ आश्विन २०८१ बुधबार
image/svg+xml

ट्याक्टर र मोटरसाइक जुध्दा एकको मृत्यु

ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार साझ फिदिमको तुम्देन चोक छेउमा ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका ४३ वर्षीय भवानी भटराईको उपचारका क्रममा झापाको विर्तामोडमा रहेको विएण्डसि अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

गोरखामा पहिरोमा परेर तीनको मृत्यु, हेलिकप्टरबाट घाईतेको उद्धार हुँदै

गोरखा–उत्तरी गोरखाको केरौँजामा मंगलबार पहिरोमा परेर तीनजनाको ज्यान गएको छ। केरौँजा–३ का ४५ बर्षीया काजिमाया गुरुङ, ३० बर्षीया चिनमाया गुरुङ र १५ बर्षीय सन्दिप घलेको पहिरोले च्यापिएर मृत्यु भएको हो।

अस्पतालकाे लापरवाहीले विरामी मृत्यु

सामान्य सवारी दुर्घटनामा बाँया हातको जोइण्ट फुत्किएर वेष्र्टन हस्पिटल नेपालगन्जमा उपचारका क्रममा चिकित्सकको गम्भीर लापरवाहीले विरामीको मृत्यु भएको छ। हड्डी सम्बन्धी उपचार हुने हस्पिटलमा बाँया हात काँधको जोइण्टको दुई नशा काटिँदा अत्याधिक रक्तश्रावबाट कोहलपुर निवासी दत्तबहादुर विकको मृत्यु भएको हो।

ट्रक घरमा पस्दा आठमहिने बालिकाको मृत्यु

रत्ननगर (चितवन)—चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभज्ञ्याङको पाँचकिलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ।

प्युठानमा पहिरोले पुरिएर एकै परिवारका ५ सहित ८ जनाको मृत्यु

प्युठानमा गएराति पहिरोले पुरिँदा ८ जनाको ज्यान गएको छ। जिल्ला प्रहरीका कार्यालयका अनुसार गएराति प्युठानको रजवारामा ५ जना र पूजा गाविसमा ३ जनाको घटनास्थलमै पुरिएर ज्यान गएको हो।

आत्मघाती कार बम विस्फोटमा १२५ को मृत्यु

बगदाद— इराकको राजधानी बगदामा भएको बम हमलामा मारिनेको संख्या १२५ पुगेको छ। हमलाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेटले लिएको छ। शनिबार कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

वीरगन्ज– पर्साको तुलसीबर्वा –७ मा आगलागीमा परेर एक किशोरीको ज्यान गएको छ। मनोज हजराकी छोरी रिंकु कुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। तीन दिनपछि विवाह हुने तय भएकी किशोरीको जलेर मृत्यु भएको हो। विवाहको तयारीमा जुटेको परिवार घटनापछि शोकमग्न भएको छ।

पिकअप पल्टिँदा एक भारतीयको मृत्यु

रौतहटमा पिकअप जीप पल्टेर किच्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। आइतवार बिहान तीन बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ च ९९६५ नम्बरको टाटा पिकअप जीप चन्द्रपुर नगरपालिका–६ सहिद पार्कमा पल्टिँदा भारतीय नागरिक धनन्जय साहको मृत्यु भएको हो।

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

इराकको राजधानी बग्दादमा भएको दुई छुट्टा छुट्टै आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी मानिस घाइते भएका छन्।

भारतमा सडक दुर्घटनाबाट प्रतिघण्टा १७ जनाको मृत्यु

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।

धोबिघाटमा टिपरले ठक्कर दिँदा दुईको मृत्यु

काठमाडौं— ललितपुरको धोबिघाटमा अन टेस्ट लेखिएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक देवसिंह मल्ल ठकुरी तथा मोटरसाइकल पछाडि बसेकी सृष्टि श्रेष्ठको मृत्यु भएको हो।

दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु

दार्चुला- अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का २५ वर्षिय वशन्ती धामी, सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त र अपी नगरपालिका १७ की ६१ वर्षीय भागरथी महरा रहेका छन्।

ललितपुरमा पर्खालले पुर्दा दुई विद्यार्थीको मृत्यु

ललितपुर- गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ। बिहान १० बजे पर्खाल भत्किँदा कक्षा कोठामा रहेका विद्यार्थीको मृत्यु भएको हो।

चट्याङ लागेर रौतहटमा दुई बालकको मृत्यु, एक महिला घाइते

चट्याङ लागेर बिहीवार साँझ रौतहटमा दुईजनाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छिन्। बिहीवार साँझ साढे सात बजे सदरमुकाम गौरबाट तीस किलोमिटरको दूरीमा पर्ने इनर्वा गाविसमा परेको चट्याङले दुई बालकको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्