ललितपुर- गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ। बिहान १० बजे पर्खाल भत्किँदा कक्षा कोठामा रहेका विद्यार्थीको मृत्यु भएको हो।
विद्यालय पछाडि लगाइएको पर्खाल भत्केर कक्षाकोठामा ठोक्किदा स्कुल भवन भत्किएको थियो। घटनामा भवनले च्यापेर १७ विद्यार्थी घाइते भएको प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माले बताए। 'दुइ विद्यार्थीलाई उपचार गर्न लैजाने क्रममा निधन भएको छ', उनले भने, 'अन्य विद्यार्थीलाई उद्दार गरेर उपचारमा पठाइएकोछ।'
पर्खाल भत्किँदा कक्षा ३ र कक्षा र ८ का विद्यार्थी च्यापिएका थिए। घाइते विद्यार्थीको वि एण्ड वि र मोडल अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: १७ असार २०७३ ०६:५५ शुक्रबार