सर्लाही- सर्लाहीको लखनदेही खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा हरिवन–४ का ३० का उमेश महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। महतोसंगै दाउरा निकाल्न गएका २८ वर्षीय राजकुमार महतोलाई स्थानीयले जिवितै उद्धार गरेका छन्। अविरल वर्षा पछि आएको बाढीमा जंगलबाट बगेर आएको दाउरा खोलाबाट निकाल्ने क्रममा दुबै जनालाई पानी बगाएको थियो।
प्रकाशित: १७ असार २०७३ १३:३३ शुक्रबार