३ असार २०८१ सोमबार
image/svg+xml
समाज

अस्पतालकाे लापरवाहीले विरामी मृत्यु

कोहलपुर–सामान्य सवारी दुर्घटनामा बाँया हातको जोइण्ट फुत्किएर वेर्स्टन  हस्पिटल नेपालगन्जमा उपचारका क्रममा चिकित्सकको गम्भीर लापरवाहीले विरामीको मृत्यु भएको छ। हड्डी सम्बन्धी उपचार हुने हस्पिटलमा बाँया हात काँधको जोइण्टको दुई नशा काटिँदा अत्याधिक रक्तश्रावबाट कोहलपुर निवासी दत्तबहादुर विकको मृत्यु भएको हो।

असार १६ गते हस्पिटलमा भर्ना भएका विकको १७ गते बाँया हातको जोइण्ट काँधमा अप्रेशन गरिएको थियो। काँधनेर हड्डी फुत्किएको अप्रेशनका क्रममा नशा काटिएको थियो। अत्याधिक रक्तश्रापपछि काठमाडौं टिचिङ अस्पताल पुर्याएका विकको सोमबार विहान ११ बजे मृत्यु भएको हो। हड्डी सम्बन्धी उपचार गराउने अस्पतालले हड्डीमा च्यापिएको नशा समेत काटिदिएपछि उनको मृत्यु भएको परिवारले दाबी गरेको छ। अस्पतालले पनि नशा सम्बन्धी विशषेज्ञ नहुँदा कमजोरी भएको स्वीकार गरेको छ।

मृतक विकका आफन्त पुजन विकले वेर्स्टन  अस्पतालले अप्रेशनका क्रममा रगत बग्ने दुई वटा नशा काटिदिएकोले अत्याधिक रक्तश्रावपछि मृत्यु भएको बताए। अत्याधिक रक्तश्रावपछि काठमाडौं टिचिङ अस्पतालमा पुर्याएपछि काटिएको नशाबाट इन्सफेक्सन भई दुवै मृगौल फेलभएपछि मुटुले काम नगर्दा मृत्यु भएको चिकित्सकले बताएले बताएका छन्। बाँया हातका काँधनेरका दुई नशा काटिएपछि वेष्र्टन अस्पतालका चिकित्सकले रगत थाम्न कपास र कपडा राखिदिएको पनि इन्सफेक्सन भएको मृतकका दाईले जनाए।

१९ गते जहाजमार्फत काठमाडौं पुर्याएका विकको २० गते विहान ११ बजे मृत्यु भएको थियो। आफन्त वेर्स्टन  हस्पिटलका डा. विनोद थापाको कमजोरी भएको आरोप लगाउँछन्। असार पहिलो साता विकको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा बाँया काँधको हड्डी फुत्किएको थियो। टिचिङ अस्पतालका चिकित्सकले आन्तरिक रक्तश्रापपछि मृगौला र मुटुले काम नगर्दा बचाउन नसकिएको आफन्तलाई जानकारी दिएका थिए।
वेर्स्टन  अस्पतालका प्रमुख डा. विनोद थापाले आँफू नशा विशेषज्ञ नभएकोले यस्तो कमजोरी भएको बताए। १७ गते अप्रेशन गर्दा काँधमा फुत्किएको हड्डी पुरानै अवस्थामा तानेर मिलाउने क्रममा नआएपछि जोड्ले तान्ने प्रयास गर्दा नशा च्यातिएर रक्तश्राव भएको उनको भनाइ छ। हड्डीको डाक्टरलाई नशा सम्बन्धी जानकारी नहुने हुँदा समस्या आएको बताउँदै उनले ब्लड दिएपछि काठमाडौं रिफर गर्दासम्म विकको स्वास्थ्य अवस्था सामान्य रहेको दाबी गरे। उनले चिकित्सक पेशा नै जोखिम भएकोले विरामी मृत्यु हुँदा डाक्टरमाथि दोष लाग्ने गरेको बताए। विकलाई १७ गतेको अप्रेशनपछि १९ गते काठमाडांै रिफर गरिएको थियो। डा. थापाले हड्डीको डाक्टरलाई नशा हड्डीका कहाँ बसेको हुन्ट जानकारी नहुने बताए । यस्तै बेला काम गर्दा कमजोरी हुने उनको भनाइ थियो। मृतक विक नेकपा एमाले कोहलपुर नगर कमिटी सदस्य हुन्।

यसैबीच सोमबार जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी, वेर्स्टन  अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल र सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले पीडित र अस्पतालबीच आपसी सहमति र समझदारी भएको बताए। उपचारका क्रममा केही लापरवाही देखिएकै कारण अस्पताले पीडित पक्षलाई आर्थिक सहयोग गर्ने छलफल भएको उनले बताए। हड्डीको अप्रेशन गर्दा विरामीको नशामा समस्या रहेकोले हड्डीमा च्यापिएको नशा चुडिएर रगत बगेको डा. थापाले स्वीकार गरेको उनले बताए। मंगलबार अस्पताल, पीडित पक्ष बसेर सहयोग र क्षतिपूर्तिमा सहमति हुने पन्थले बताए ।       

 

प्रकाशित: २१ असार २०७३ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App