९ आश्विन २०८१ बुधबार
image/svg+xml

दार्चुलामा बाढी पहिरोमा परी २ जनाको मृत्यु १ बेपत्ता

दार्चुला गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस– २५ वर्षीया बसन्ती धामी र सर्मोली गाविस– ७२ वर्षीय चन्द्रदेव पन्त रहेका छन्। गतराति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

राधेराधेमा बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

भक्तपुर— भक्तपुरको मध्यपुर थिमि—१३ राधेराधेमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको बा. ५ च. ६४७३ नं. को पानी बोक्ने बोलेरो पिकअप गाडीले बाटो क्रस गर्दै गरेको दोलखा जिल्लाको काभ्रे गाविस वडा नं. ५ घर भएको बर्ष ५० को देवीबहादुर खड्कालाई बुधबार राति आठ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विष सेवनबाट श्रीमतीको मृत्यु श्रीमान् अस्पतालमा

डडेल्धुरा—डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ। छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान—पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित सडकमा आज बिहान मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

काबुलमा फेरि अर्को आत्मघाती विस्फोट, ४० को मृत्यु

फगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी ४० प्रहरी जवानको मुत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व-पश्चसम राजमार्गको जिरोमाइलमा ट्रककको ठक्करबाट मोटरसाइक चालकको मृत्यु भएको छ। च२प ८९५१ नम्बरको मोटरसाइकललाई ना५ख ३४६६ नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही चन्द्रगन्जका २५ वर्षीय सुशील दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले टहरो पुरिँदा दुई बालकको मृत्यु

अविरल वर्षासँगै पहिरो जादाँ नुवाकोटको बुङताङ– ४ मा टहरा पुरिदाँ दुई बालककोे ज्यान गएको छ। भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका मेघबहादुर तामाङको घर पुरिदाँ १३ वर्षका छोरा आइतराम तामाङ र ६ वर्षका आशिस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती आक्रमण, ३६ को मृत्यु

काठमाडौं- इस्तानबुलको टर्की अतार्कुक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणमा ३६ जनाको मृत्यु भएको छ।

ठक्करबाट दम्पतीको मृत्यु

मोरङको विराटनगर–५ खार्जी चोकमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

राजविराज—पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–८ मा आइतबार माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ।

स्कुल बनाउने बालुवा लिन गएकी चेपाङ बालिकाको ढिस्कोले पुरिएर मृत्यु

चितवनको विकट पहाडी गाविस लोथरको वडा नं. ७ स्यामराङमा विद्यालय बनाउन बालुवा लिन गएकी एकजना चेपाङ बालिकाको ढिस्कोले पुरेर निधन भएको छ।

नेपालीमाथि तालिवानी निसानाः अर्को आक्रमणको चेतावनी

तालिवानले २७ तारिख सोमबार (भोली) पनि नेपालीमाथि ठूलो आक्रमण गर्ने चेतावनीसहितको सूचना त्यहाँको इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प र सम्बद्ध निकायमा दिएको छ। सोमबार २० तारिखका दिन नेपालीमाथि गरिएको बम बिस्फोटको पूर्व सूचनासमेत तालिवानीले दिएका थिए। तर त्यो सूचना काबुलस्थित क्यानेडियन दूतावास र ब्रिटिस कम्पनी साब्रे इन्टरनेशनल सेक्युरिटीले लुकाए। परिणामः १३ नेपालीको ज्यान गयो।

सर्पको टोकाइबाट एकको मृत्यु

सर्पको टोकाइबाट पाल्पामा एक जनाको मृत्यु भएको छ। फाक्सिंकोट–६ मा बस्दै आएकी वर्ष १३ की कल्पना नेपालीको सर्पको डसाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्