२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गड ल्बेस यु

जवानीमा उसले केके गरयो त्यो त म भन्न सक्दिन । यति भन्न सक्छु जे गरयो त्यो राम्रो गरेन । राम्रो गरेको भए मैले देखेको जिन्दगी पक्कै पनि बाँच्नुपर्ने थिएन उसले । बस्नका लागि उसको आफ्नै घर हुन सक्थ्यो । खानका लागि उसको पेन्सन हुन सक्थ्यो अथवा सामाजिक सुरक्षाभत्ता हुन सक्थ्यो । उसले त्यसरी म्याक्डोनाल्ड, डङ्किन डुनट, स्टार बक्स वा अवन पेनजस्ता फास्ट फुडको ढोकाअगाडि कफीको रित्तो कप हल्लाएर, “डु यु ह्याभ डलर ?” भन्नुपर्ने थिएन ।

सुहागरात

म भारी जिउकी भएँछु । त्यसपछि उसले कहिल्यै मलाई बल प्रयोग गरेन । ऊ मलाई मिठोमिठो खाना ल्याइदिन्थ्यो । आराम गर भन्थ्यो । म छक्क पर्छु । के तालको मान्छे होला । मलाई त्यस्तो बल प्रयोग गरेर भुँडी बोकायो । त्यसको सन्तान मैले पाउनुपर्ने । अहिले माया गरेजस्तो गर्छ । राक्षस ।

समय

जन्मघर हुँदा इज्जतमै बसेर तरुनी भइन् । एक मुठी सुठुनीको बेलोमा नबिक्ने घरमा सह भित्र्याइन् । गर्दागर्दै बिहे भयो । जञ्जाले परिवारमा सासूससुरा र अरू सबैको तापमा बुहार्तन खेपिन् र लालाबाला हुर्काइन्।

नाति मन

साँझ घर फर्केँ । सधैँ त ऊ म आएको चाल पाउँदा साथ उफ्रेर आउँथ्यो । काखमा झुन्डिन्थ्यो । आज त नजिकै परेन । बोलाएँ । आएन । केही खान पनि मानेन । घरमा हल्लीखल्ली हुन थाल्यो ।

बन्द

गाडी जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गर्यो । दुवैतर्फ भिडन्त भयो । प्रहरीले आफैं असुरक्षित भएकाले गोली चलायो । गोलीबाट एक व्यक्ति सशक्त घाइते भए । उक्त व्यक्तिलाई अस्पताल लगियो । निर्दोष भएको भए सबैको सान्त्वना मिल्थ्यो होला । प्रहरीमाथि नै खनिएपछि कस्ले सान्त्वना दिनु ?

खुसीको औषधि

चिकित्सकको उत्सुकता झन् बढ्यो । उनले सोधे – नाम त भन न्, म जहाँबाट पनि खोज्छु । बच्चाले भन्यो– बाबामम्मीलाई मसंग खेल्ने, हाँस्ने, जिस्किने अनि रमाइलो गर्ने खालको दबाई ।

सम्भावित खुशीको त्यो क्षण

म अब निरीह छु इतिहासको कठघरामा ठिङ्ग उभिएर दुरूह मान्छेको दारुण चित्र हेर्दैछु सुत्न सक्दिन हिजोजस्तो सपना देख्दिन पहिलेझैं कसले हान्यो ढुंगा त्यो सुन्दर, शान्त र विशाल तलाउमा जहाँ हिजोको त्यो तेजस्वी मान्छे आज खिया लागेको फलामझैं छ ।

मेसेज बक्स

मलाई लाग्छ, आख़िर साहित्यकार त सबै साहित्यकार नै हुन् नि । जसरी शिक्षक भन्नेबित्तिकै सबै दर्जाका शिक्षाकर्मीलाई जनाउँछ त्यस्तै साहित्यकार भन्नेबित्तिकै सबै बराबर नै होइनन् र । वरिष्ठ र कनिष्ठको भेद किन ? ?

विश्वास तोडी लुटेर लियो के भनौं के भनौं

संसार जित्ने सपना बोकी कुदेको वर्षौ भो,मिलेन कैले यात्राको मियो के भनौं के भनौं । कोसेली चिनो दिएको फूल सुनको पिंजडा, प्रितको मियो लागेछ खियो के भनौं के भनौं। विश्वास गरी राखियो मन – मनको खातामा, विश्वास तोडी लुटेर लियो के भनौं के भनौं ।

केलाई खोज्नु केलाई ताक्नु भिर बरिलै

जबसम्म उँचो हुन्न शिर बरिलै, मनभित्र पर्दो रैछ पिर बरिलै । उसकै घरमा धनसम्पति उसकै घरमा गाई, के खान्छौ र बालबच्चा हो खिर बरिलै ।

जिउँदा शहीद

गङ्गालालले भने – हामीले अन्यायका विरुद्ध साहस झिक्यौं, मृत्युवरण गरयौं र शहीद भयौं । तर, धन्य ईश्वर, यो युगमा जनता भएर बाँचेका हुन्थ्यौं भने बाँचेरै पलपल मर्नुपर्ने जिउँदा शहीद बनाउने रहेछन् यी लोकतन्त्रे राणाहरूले ।

पछुतो

अशोक बोल्न सकेनन् । यतिञ्जेल उनको पेटभित्र दन्किएको भोकको आगो निभिसकेको थियो । उनले भोकै सुतेका छोराछोरीलाई पालैसँगै सुम्सुमाए । उनको आँखाबाट बरर खसेको आँसुले दुवैको गाला भिज्यो तर उनीहरू बिउँझेनन्। उनले मनमनै भने – हे अन्नदाता किसान, मलाई माफ गर ।

सूर्यको स्वर्णिम धुन निस्कियो

राष्ट्रप्रेम, संस्कृति प्रेम, प्रकृतिप्रेम, सामाजिक मेलमिलाप, संस्कृतिको महत्व झल्काउने विभिन्न विषयमा रचिएका मुक्तकहरूले पाठकको मन आकर्षित गर्न सक्दछन् । देशभक्ति, नैतिकता, सामाजिक मूल्य र मान्यताको सन्देश मुक्तकहरूले दिएको छ । समसामयिक राजनैतिक घटनाका विषयमा पनि मुक्तक बगेको छ ।

छन्दचुलीको लोकार्पण

नेपाली शास्त्रीय र लोक छन्दमा लेखिएका उनका कविताहरूमा देशभक्तिको भावना, सामाजिक विकृति तथा विसङ्गति, मानीय संवेग आदिका भाव पोखिएका छन् । समसामयिक विषयमा रचिएका कविताहरू पनि छन् । केही कवितामा मानवीय संवेगका कुराहरू पनि छन् । कवितामा माया, प्रेमका सन्दर्भहरू पनि छन् ।

चुप लाग

हजुरबुवाको त्यो अप्रत्यासित रुद्र रूप देखेर अचम्म लागेछ। सबै आएर बेलुकीको खाना खान बसेपछि नातिले आफ्नो बाउपट्टि फर्केर औंला ठड्याउँदै भनेछ – चुप लाग काले केटो । नातिको यो नयाँ नेपाली शब्द ज्ञानले त्यो परिवारमा धेरै दिनसम्म हाँसो छु

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्