२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

छन्दचुलीको लोकार्पण

डा. गोपाल पौडेल मण्डनेको कविता संग्रह छन्दचुली छन्दको लोकार्पण वरिष्ठ साहित्यकार बैरागी काइँलाले गरेका  छन् । छन्दमा लेखिएका कविताहरूको संग्रह छन्दचुलीमा छन्द सम्बन्धी जानकारी समेत दिइएको छ ।

नेपाली शास्त्रीय र लोक छन्दमा लेखिएका उनका कविताहरूमा देशभक्तिको भावना, सामाजिक विकृति तथा विसङ्गति, मानीय संवेग आदिका भाव पोखिएका छन् । समसामयिक विषयमा रचिएका कविताहरू पनि  छन् । केही कवितामा मानवीय संवेगका कुराहरू पनि छन् । कवितामा माया, प्रेमका सन्दर्भहरू पनि छन् ।

​एक समय अनेक चिन्तन मुक्तकसङ्ग्रह,  जोइटिङ्ग्रे सम्पूर्ण हास्य नाटक, शान्तिर सृजना पूर्णाङ्की नाटक, सङ्घर्षका क्षणहरू कविता सङ्ग्रह, बेलायती सन्देश कविता सङ्ग्रह, चिट्ठी लेखी गीति एल्बम, बेलायती सन्देश कविता सङ्ग्रह, विदेशी आँगन गीतिसङ्ग्रह, काभ्रेपलान्चोक ऐतिहासिक महाकाव्य, लण्डनको कोसेली गजलसङ्ग्रह, मण्डनेका गजलहरू, पाकेटमारको चिठी कथा सङ्ग्रह, मञ्जरी मुक्तक सङ्ग्रह, जलिरहेको मुटु कथा सङ्ग्रह गरी  दुई दर्जन जति कृतिका सर्जक डा. गोपाल पौडेल मण्डनेले कविता, मुक्तक, गीत, कथा, निबन्ध जस्ता नेपाली साहित्यका लोकप्रिय विधाहरूमा कलम चलाउँदै आएका छन् ।

प्रकाशित: २१ माघ २०७७ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App