२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

बन्द

लघुकथा

बिराजमान रायमाझीलाई साउदी जानु थियो । काठमाण्डुका शहरमा केही हुल टायर बालेर बसेका थिए । विगतका सरकारले राम्रो गरेको भए विदेश  जानु पर्दैन थियो  । घरखर्च र परिवार चलाउन बाहिर नगई नहुने जाने कसरी ? भोक लागेकोले चोकको अस्पतालको क्यान्टिन छिरे।

– आमा, चिया खान पाइन्छ ? अस्पतालको क्यान्टिनमा गएर वृद्ध साहुनीसँग चिया मागे ।

– पाइन्छ,पाइन्छ  तर खानेकुरा ल्याउन पाएका छैनौ । आलुको तरकारी ,चिउरा र  चिया छ । साहुनी आमाले पीडा सुनाइन् ।

गाडी जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गर्यो । दुवैतर्फ भिडन्त भयो ।  आफैं असुरक्षित भएकाले प्रहरीले गोली चलायो । गोलीबाट एक व्यक्ति सशक्त घाइते भए । उक्त व्यक्तिलाई अस्पताल लगियो ।  निर्दोष भएको भए सबैको सान्त्वना मिल्थ्यो होला । प्रहरीमाथि नै  खनिएपछि कस्ले सान्त्वना दिनु ?

– बाटो छोड्नुस् । बिरामी सिरियस छ । मर्न पनि सक्छ । डाक्टर, डाक्टर । केही आन्दोलनकर्मी  कराउँदै इमर्जेन्सी रुममा छिरे ।

डाक्टर एकछिन गम्भीर बने । त्यसपछि औजार तयार गर्दै भने – हामी उहाँलाई बचाउँछौँ । उहाँको जीवन बन्द हुने छैन । हाम्रो मोटरसाइकलमा आगजनी गर्दा पनि हामी चुप थ्यौँ  । जसको पछि लागेर बन्द गर्नुभएको छ नि  त्यही कारणले तपाईँको जीवन बन्द नहोस् । भगवानसँग प्रार्थना छ।

प्रकाशित: २२ माघ २०७७ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App