२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

सूर्यको स्वर्णिम धुन निस्कियो

साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ मुक्तक संग्रह स्वर्णिम धुन प्रकाशित भएको छ ।

कवि सूर्य लाकोजूद्वारा रचित सो मुक्तक सङ्ग्रहमा विभिन्न विषय र प्रसङगमा रचिएका १०१ ओटा मुक्तक  छन । राष्ट्रप्रेम, संस्कृति प्रेम, प्रकृतिप्रेम, सामाजिक मेलमिलाप, संस्कृतिको महत्व झल्काउने विभिन्न विषयमा रचिएका मुक्तकहरूले पाठकको मन आकर्षित गर्न सक्दछन् । देशभक्ति, नैतिकता, सामाजिक मूल्य र मान्यताको सन्देश मुक्तकहरूले दिएको छ  । समसामयिक राजनैतिक घटनाका विषयमा पनि मुक्तक बगेको छ ।

कवि लाकोजूका हालसम्म मुक्तकसङ्ग्रह, कवितासङ्ग्रह, प्रवन्धात्मक पुस्तक, हाइकुसङ्ग्रह, गीतसङ्ग्रह, बालसाहित्यका पुस्तकहरू गरी २४ ओटा कृति प्रकाशित छन्  । सो पुस्तक पनौती साहित्य समाजले प्रकाशन गरेको हो ।

प्रकाशित: २१ माघ २०७७ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App