जबसम्म उँचो हुन्न शिर बरिलै,
मनभित्र पर्दो रैछ पिर बरिलै ।
उसकै घरमा धनसम्पति उसकै घरमा गाई,
के खान्छौ र बालबच्चा हो खिर बरिलै ।
म परेको अन्यायमा अत्याचारमा म नै,
ताकी –ताकी मैलाई हान्ने तीर बरिलै ।
दुख पनि दिनु दियो पापी दुष्टले,
आँखाबाट झर्नै छाडे नीर बरिलै।
थिचेपछि बोझै बोझले उठ्न सके पो,
केलाई खोज्नु केलाई ताक्नु भिर बरिलै
कति बाँच्छ, कति नाच्छ निर्धनहरूमाथि
कालले खेल्ला त्यसलाई पनि गिर बरिलै ।
प्रकाशित: २१ माघ २०७७ ०८:०४ बुधबार