२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

जिउँदा शहीद

लघुकथा

शहीद गेटमा दशरथ चन्दले शुक्रराजलाई भने –  आज माघ १६ बिर्सियौ शुक्रराज ?

– त्यो १९९७ साल माघको मुटु नै जम्ने चिसो महिना, साथीभाइहरूका न्यानो माया, राणाहरूका कठोर क्रूरता र सत्य बोल्दा मर्ने त्रासले पहेंलिएका नेपाली अनुहार कहाँ बिर्संथें दाइ – शुक्रराज बोले।

गङ्गालाल खुइय गर्दै सुस्केरा हालेर भने – साथी हो,  हामीले त्यतिखेर राणाहरूले माफी माग छाड्छौं भन्दा माफी नमागेर ठिकै गरेछौँ ।

– किन र मित्र ?  के भयो ?  आज अचानक यतिका वर्षपछि तिमी किन यस्तो भनिरहेछौ?  त्यतिबेलै हामी ठिक हौं ,राणाहरू गलत हुन् भनेर नै हामीले मृत्युवरण गरेका हौँ नि, बिर्सियौ ? – धर्मभक्तले कुरा अगाडि बढाए ।

गङ्गालालले भने – हामीले अन्यायका  विरुद्ध साहस झिक्यौं, मृत्युवरण गरयौं र शहीद भयौं । तर, धन्य ईश्वर,  यो युगमा जनता भएर बाँचेका हुन्थ्यौं भने बाँचेरै पलपल मर्नुपर्ने जिउँदा शहीद बनाउने रहेछन् यी लोकतन्त्रे राणाहरूले  ।  

प्रकाशित: २१ माघ २०७७ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App