२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

विश्वास तोडी लुटेर लियो के भनौं के भनौं

गजल

नजर जुध्यो नजध्नु थियो के भनौं के भनौं ,

वाणझैं पस्यो मुटुमा सियो के भनौं के भनौं ।

 

मौनता बोल्यो मनले बोल्यो बोलेन ओठले,

आँखाले पूरा इसारा दियो के भनौं को भनौं ।

 

संसार जित्ने सपना बोकी कुदेको वर्षौ भो,

मिलेन कैले यात्राको मियो के भनौं के भनौं ।

 

कोसेली चिनो दिएको फूल सुनको पिंजडा,

प्रितको मियो लागेछ खियो के भनौं के भनौं।

 

विश्वास गरी राखियो मन – मनको खातामा,

विश्वास तोडी लुटेर लियो के भनौं के भनौं ।

प्रकाशित: २१ माघ २०७७ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App