न्याय
आज मैले अभिमन्यु नमर्दै अर्जुनलाई लिएर आउने कृष्ण फेला पारें । द्रौपदीको चीरहरण हुँदाहुँदै आइपुगेका श्रीकृष्णको अनुहार देखें । द्वापरमा पनि नभेटिएको ईश्वरलाई म आज बारम्बार नमन मात्र गर्न सक्छु । मैले सारा पीडा बिर्सिएको छु सायद वरदान पाउन पनि ठूलो तपस्या गर्नुपर्छ । विनातपस्या साक्षात् दर्शन ? तपाईलाई देखेपछि यो देशमा अभैm बाँच्न सकिन्छ भन्ने विश्वास पलाएर आयो मलाई ।